काठमाडौं : संसदको आगामी हिउँदे अधिवेशनमा ३० वटा विधेयक पारित गर्ने सरकारले तयारी गरेको छ ।
अहिले संसदमा १९ वटा विधेयकहरू छन् । जसमा केही विधेयकहरू सरकारले थप गरेर करिव ३० वटा भन्दा विधेयक आगामी अधिवेशनबाट पारित गर्नेगरी काम सुरु भएको नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताए ।
संसदमा रहेका १९ वटा विधेयकबाहेक सरकारले संघीय प्रहरीसम्बन्धी दुईवटा र अर्थ सम्बन्धी केही विधेयकहरू गरी ११÷१२ वटा विधेयक संसदमा दर्ता गराउने तयारी गरेको हो ।
घिमिरेले भने, ‘अहिले १९ वटा विधेयक संसदमा छन् । त्यसमध्ये १५ वटा विधेयक संसदीय समितिमा र ४ वटा विधेयक राष्ट्रिय सभामा छ । यो १९ वटै विधेयक पारित गर्दै सरकारले अरु ११/१२ वटा विधेयक अरु दिन्छु भनेको छ । लगभग ३० वटा विधेयक यो आउने सत्रबाट पास गर्ने लक्ष्य छ ।’
प्रमुख सचेतक घिमिरेले संसदीय समितिमा गणपूरक संख्या नपुग्दा बैठक बस्न नसकेको बताए ।