२०८१ पुष २३ गते मङ्गलवार / Jan 07 , 2025 , Tuesday
२०८१ पुष २३ गते मङ्गलवार
Ads

संक्रमणकालीन न्याय ऐनविरुद्ध सर्वोच्चमा नयाँ रिट दर्ता

ADV
मध्यान्ह
२०८१ पुष २१ गते १६:००
संक्रमणकालीन न्याय ऐनविरुद्ध सर्वोच्चमा नयाँ रिट दर्ता

काठमाडौं : संक्रमणकालीन न्यायसम्बन्धी ऐनविरुद्ध सर्वोच्च अदालतमा नयाँ रिट निवेदन दर्ता भएको छ । अधिवक्ता ज्ञानेन्द्र आरण र कुलबहादुर लिम्बुसहित ४४ जनाले आइतबार सर्वोच्चमा रिट दर्ता गराएका हुन् । 

रिट दर्ता भएको र पेसी तोकिन बाँकी रहेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए । रिटमा संक्रमणकालीन न्याय ऐनको पुरानो कानुनअनुसार उजुरी रहेको तर अहिले नयाँ बन्दा अनुसन्धान नै त्रुटिपूर्ण हुने देखिएकाले नयाँ ऐन बदरको माग गरिएको छ । 

यसअघि पनि संक्रमणकालीन न्याय ऐन खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो । अधिवक्ता ज्ञान बस्नेत र श्यामकृष्ण मास्केले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन पीडकमैत्री भएको भन्दै रिट दायर गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise