२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

नेपाली दूतावास अबुधाबीको घुम्ती शिविर

Nada
२०८१ पुष २४ गते ०६:२५
Shares
नेपाली दूतावास अबुधाबीको घुम्ती शिविर

काठमाडौं : संयुक्त अरब इमिरेट्स (यूएई)स्थित नेपाली राजदूतावास अबुधाबीले राजदूतावास, गैरआवासीय नेपाली संघ, यूएईलगायत अन्य संघसंस्थाको सहयोगमा घुम्ती शिविर संचालन गरेको छ ।

ncell

यही ५ जनवरी (२१ पुस)मा अबुधाबीबाट करिब ३०० किलोमिटर टाढा रसअल खैमहमा राहदानी घुम्ती शिविर संचालन गरी सरकारले श्रम सुशासनका क्षेत्रमा अवलम्बन गरेका नीतिगत, कानुनी तथा प्रक्रियागत सुधारका बारेमा जानकारी गराएको दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

दूतावासले सामाजिक सुरक्षा कोषमा श्रमिकको आबद्धता, सोको प्रक्रिया तथा औपचारिक माध्यमबाट विप्रेषण पठाउँदा प्राप्त हुने फाइदा, पुनः श्रम स्वीकृतिसम्बन्धी व्यवस्था, वित्तीय साक्षरतालगायत विविध विषयमा जानकारी दिएको हो ।

उक्त घुम्ती शिविरमा ३३५ जना नेपालीको राहदानी नवीकरण गर्नुका साथै त्यहाँ उपस्थित ५५० नेपाली श्रमिकलाई नेपाल र यूएईका विद्यमान श्रम कानुनका विषयमा जानकारी प्रदान गरिएको थियो ।

राहदानीको म्याद समाप्त भइसकेका, प्रवेशाज्ञाको म्याद समाप्त भइसकेका र राहदानी हराई समस्यामा परेका व्यक्तिको राजदूतावासले प्राथमिकताका साथ नवीकरण गर्ने गरेको नेपाली राजदूतावास अबुधाबीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

शिविरबाट नेपाली श्रमिकले विद्यामान कानुनी प्रक्रियाका बारे जानकारीसहित राहदानी नवीकरणको सुविधा पाएका छन् ।

ताजा खबर

सम्बन्धित खबर