२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

मालारानी गाउँपालिकाको बजेट ६१ करोड १४ लाख

ADV
सुर्य प्रसाद भुसाल
२०८१ असार १० गते २२:१४
मालारानी गाउँपालिकाको बजेट ६१ करोड १४ लाख


अर्घाखाँची : अर्घाखाचीको मालारानी गाउँपालिकाकाको आगामी आर्थिक वर्ष २०८१÷०८२ को लागि ६१ करोड १४ लाख ९५ हजारको बजेट प्रस्तुत भएको छ । पालिका उपाध्यक्ष दिपा पोख्रेलले आगामी आर्थिक वर्षको बजेट सभामा पेश गरेकी हुन् । चालुतर्फ ४३ करोड ७९ लाख ९३ हजार र पूँजीगततर्फ १७ करोड ३५ लाख २ हजार विनियोजन गरिएको छ । 

प्रस्तुत भएको बजेटमा पालिकाको आर्थिक विकासमा बजेटको ९.२ प्रतिशत, सामाजिक क्षेत्रमा २२.८ प्रतिशत, पूर्वाधार विकाशमा ३३.९ प्रतिशत, वन वातावरण तथा विपद् व्यवस्थापनमा २.७ प्रतिशत, सार्वजनिक सेवा प्रवाहमा ३१.३ प्रतिशत खर्च हुने गरी बजेट विनियोजन गरेको हो । पालिकाले यस वर्ष कृषिलाई प्राथामिकतामा राखेर बजेट ल्याएको छ । पालिका स्तरीय भेटनरीमा डाक्टर नियुक्तिको लागि बजेट विनियोजन गरेको छ ।

भेटनरी प्रयोगशालालाई सवलीकरण गर्ने, आलु पकेट कार्यक्रम, सुन्तला बगैँचा, मालारानी कृषि तथा पशु उद्यमशिलता परियोजना बहुवर्षीय योजनाको लागि १ करोड १२ लाख विनियोजन गरेको छ । 
व्यवसायीक रुपमा कृषि गर्ने किसानहरुलाई मेसिनरी औजार, कुटानी पिसानी मिलको लागि बजेट विनियोजन गरेको छ । उन्नत जातको बिउ वितरणको लागि ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिकाको सिफारिसमा वित्तीय संस्थाबाट ऋण लिने उद्यमीहरुलाई व्याजमा ५० प्रतिशत अनुदान दिने गरी बजेट प्रस्तुत भएको छ । 

पालिकाकाको स्रोतमा सञ्चालन भएको प्राविधिक विद्यायल बालिविज्ञान सिद्धार्थ माध्यमिक विद्यालयमा प्रशिक्षक र सहायक प्रशिक्षकको लागि पारिश्रमिकको लागि २० लाख ४० हजार विनियोजन भएको छ । 
शिक्षण सिकाइ डिजिटल प्रविधिबाट गर्ने कार्यको लागि ४९ लाख ५८ हजार रकम विनियोजन भएको छ । सामुदायिक विद्यालयका छात्राहरुलाई सेन्टरी प्याड खरिदको लागि १७ लाख ७३ हजार बजेट विनियोजन गरेको हो । यस्तै पालिकाभित्र सञ्चालन भएका लिफ्ट खानेपानी आयोजनाको ८० प्रतिशत विद्युत महशुल पालिकाले भुक्तानी गर्ने गरी अनुदानको लागि बजेट विनियोजन गरेको छ । 

 

ADVADV

सम्बन्धित खबर

Advertise