२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

गगनले भने- 'गृहमन्त्रीले लगाएका आरोपहरूको अपनत्व प्रधानमन्त्रीले लिनुपर्छ'

ADV
मध्यान्ह
२०८१ जेठ २० गते १२:४९
गगनले भने- 'गृहमन्त्रीले लगाएका आरोपहरूको अपनत्व प्रधानमन्त्रीले लिनुपर्छ'

काठमाडौं : प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले सहकारी पीडितको बचत रकम फिर्ता हुनुपर्ने बताएका छन् । आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न आज बसेको प्रतिनिधि सभा बैठकमा उनले सहकारीका बचतकर्ताले आफ्नो रकम फिर्ता पाउनुपर्ने उल्लेख गरे ।

यही जेठ १५ गते बनेको सहकारीसम्बन्धी संसदीय छानबिन समितिले संकटमा परेका सहकारीका विषयमा अध्ययन गर्नुपर्ने र राम्रो काम गर्ने सहकारीलाई प्रोत्साहन गर्नुपर्ने सांसद थापाले सुझाव दिए । “यहाँ बहुसङ्ख्यक सहकारीले राम्रो काम गरिरहेका छन्, केही सहकारीले ठगी गरिरहेका छन् । राम्रो काम गर्नेलाई प्रोत्साहन र ठगी गर्नेलाई समितिले कारबाहीको दायरामा ल्याउन सकोस्”, उनले भने, “सहकारीपीडित बचत रकम फिर्ताको माग गर्दै आन्दोलनरत छन् । उनीहरुलाई संसदीय छानबिन समितिले न्याय दिनुपर्छ ।”

गोरखा मिडियाबाट सहकारीको रकम हिनामिना भएको विषय उठिरहेको उल्लेख गर्दै सांसद थापाले यस विषयमा छानबिन गरी दोषीलाई कानूनबमोजिम कारबाही गर्न माग गरे । जिम्मेवार भएर आएमा सहयोग गर्न तयार रहेको उल्लेख गर्दै उनले विधायन संशोधन गर्न समेत कांग्रेसले सहयोग गर्ने बताए ।

नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेस नेताहरू लक्षित गर्दै दिएको अभिव्यक्तिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ माग गरे । गृहमन्त्री लामिछानेले लगाएका आरोपहरूको अपनत्व प्रधानमन्त्रीले नै लिनुपर्ने उनको भनाइ थियो । यही जेठ ६ गतेको प्रतिनिधि सभाको बैठकमा थापालाई लक्षित गर्दै गृहमन्त्री लामिछानेले विदेशीलाई सूचना बेचेको गम्भीर आरोप लगाएका थिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise