२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

विचौलिया केन्द्रित बजेट, रातो किताब आउन ढिलाइ भएको कांग्रेसको आरोप

ADV
सुनिल आउजी
२०८१ असार १० गते २३:४२
विचौलिया केन्द्रित बजेट, रातो किताब आउन ढिलाइ भएको कांग्रेसको आरोप

धनगढी : नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारले रातोकिताब अहिलेसम्म नछापेको र बजेटमा हेरफेर भएको शंका गरेको छ ।   बजेट विचौलिया केन्द्रित भएकाले रोतो किताव छाप्न ढिलाई भएको नेपाली कांग्रेसले प्रदेश सरकालाई आरोप गलाएको छ । 

पछिल्लो समय सुदुरपश्चिम सरकारका गतिविधि ठिक नदेखिएको टिप्पणी गरेको छ । सोमबार प्रदेश संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै निवर्तमान मुख्यमन्त्री समेत रहेका दलका नेता कमल बहादुर शाहले पछिल्ला सरकारका गतिविधि ठिक नदेखिएको बताए । एमाले, माओवादीसहितको गठबन्धन सरकार बनेपछि सुदुरपश्चिम प्रदेशमा सरकारका गतिविधि ठिक देखिएका छैनन् ।

दलका नेता शाहले भने ‘फागुन लागेपछि मात्रै बजेट कार्यान्वयन गर्ने परिपार्टी हामिले तोड्न खोजेका थियौँ, तर यो सरकारपछि पुरानै परिपाटी हावी भयो, सरकार निर्माण भएको लामो समय बितिसक्दासम्म सकारात्मक भन्दा नकारात्मक पाटोहरु बढि हाव भएका देखिएका छन्, यो हाम्रा लागी दुर्भाग्य हो ।’

नेता शाहले प्रदेश सरकारको बजेट पुस्तिका १० दिन बित्दासम्म नआउनु शकांस्पद रहेको बताए । ‘बजेट आएको १० दिन बित्दै छ अझैँ हामीले बजेट पुस्तिका पाएका छैनौँ’ उनले ।
गठबन्धनमा भागबण्डाकै लागी मन्त्रालय फुटाइनु गलत भएको शाहले बताए । अहिले बनेको नयाँ गठबन्धन जोगाउनकै लागि सुदुरपश्चिममा ३ मन्त्रालय फुटाइदै छन् भन्ने सुनेको छु, एदी भागबण्डाकै लागी मन्त्रालय फुटाइदै छन् भने, यो सुदुरपश्चिमका लागी दुर्भाग्य हो उनले भने ‘मन्त्रालयको सख्यां थपेर प्रदेशको ब्ययभार बढाउनु बाहेक यसले कुनै उपलब्धी दिँदैन । त्यसकारण यस्ता खालका गलत क्रियाकलापमा सरकार लाग्नुहुन्न् ।’ यदि सरकार इमान्दार भए आज या भोली नै बजेट पुस्तिका सार्वजनिक हुनुपर्ने कांग्रेसको अडान छ ।

बजेट निर्माण गर्दा कर्मचारीलाई प्रभावमा पार्ने काम भएको कांग्रेसको आरोप छ । कर्मचारीलाई दवावमा पार्ने काम भयो शाहले भने ‘श्रोतको सुनिश्चितता नभइकन हचुवाका भरमा बजेटको आकार बढाउने काम भएको छ, यसले सुदुरपश्चिमलाई गन्तब्यमा पुगाउँदैन, मात्र भ्रममा पार्ने काम हो, यसै बजेटमा कर्मचारीले सहयोग नगर्दा अर्थ सचिवलाई सरुवा गरियो, किन बजेट आएको दुई दिनमै अर्थ सचिवको सरुवा भयो यसको जवाफ सरकारले दिनुपर्छ, यत्तिका क्रियाकलाप हेर्दा बजेट राम्रो नआएको हाम्रो बिश्लेसण छ ।’

कैलालीका स्थानीय तहको बजेट सार्वजनिक 

कैलालीका स्थानीय तहले गरे आर्थिक वर्ष २०८१/०८२ बजेट सार्वजनिक गरेका छन् ।   धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि दुई अर्ब १८ करोड ८२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरसभाको बैठकमा उपप्रमुख कन्दकलाकुमारी रानाले आगामी आर्थिक वर्षका लागि दुई अर्ब १८ करोड ८२ लाखको बजेट प्रस्तुत गरेकी हुन् ।

बैठकले नगरप्रमुख गोपाल हमालले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम र उपप्रमुख रानाले प्रस्तुत गरेको बजेट पारित गरेको छ । उपमहानगरले आगामी वर्षका लागि ल्याएको बजेट चालू वर्षको भन्दा २५ करोड ७४ लाख रुपैयाँले बढी हो । आगामी आर्थिक वर्षका लागि चालूतर्फ एक अर्ब २० करोड १५ लाख र पुँजीगततर्फ ९८ करोड २६ लाख विनियोजन गरिएको उपप्रमुख रानाले जानकारी दिएकी छिन् ।

धनगढीको आन्तरिक आय ३६ करोड ७६ लाख रुपैयाँ हुने आकलन गरिएको छ । त्यस्तै, राजस्व बाँडफाँटबाट प्राप्त हुने ४८ करोड २९ लाख ४५ हजार, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट प्राप्त हुने एक अर्ब एक करोड ८७ लाख रुपैयाँ बजेटको स्रोतको रूपमा रहने उपमहानगरले जनाएको छ । 

त्यसैगरी अन्तर सरकारीतर्फ प्रदेशबाट आठ करोड २८ लाख रुपैयाँ प्राप्त हुने तथा चालू वर्षको २३ करोड २३ लाख रुपैयाँ बचत हुने अनुमान रहेको उपप्रमुख रानाले बताइन् । 
युवालाई रोजगार बनाउन धनगढीमा रात्रिकालीन बजार सञ्चालन गर्ने, एक वडा एक नमुना विद्यालय विकास कार्यक्रमलाई निरन्तरता दिने, नगरभित्र अतिक्रमणमा परेका तालतलैयाको अतिक्रमण हटाएर पुरानै स्वरूपमा फर्काउने, खोलानाला, जग्गालगायत सार्वजनिक सम्पत्तिको अतिक्रमण हटाउने कार्यक्रम बजेटमा समावेश गरिएका छन् । 

नगर प्रहरीलाई साधनस्रोत उपलब्ध गराएर नगरवासीलाई आवश्यक पर्दा तत्काल खट्न सक्ने गरी ‘हरघडी, नगर प्रहरी’ को नीतिसहित परिचालन गरिने नीति उपमहानगरले लिएको छ । 
उपमहानगरले सामाजिक विकासतर्फ सबैभन्दा बढी एक अर्ब १५ करोड ७७ लाख र पूर्वाधार विकासतर्फ ६० करोड ७९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उपप्रमुख रानाले जानकारी दिइन् । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको धनगढी यो प्रदेशको एक मात्र उपमहानगरपालिका हो। प्रदेशको प्रमुख व्यापारिक केन्द्र रहेको धनगढीमा बसाइँसराइको चाप बढ्दो छ ।

घोडाघोडीको बजेट ९७ करोड ४४ लाख

त्यसैगरी  घोडाघोडी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को लागी नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १९ औँ नगर सभा तथा बजेट अधिवेशनबाट नीति कार्यक्रम र बजेट सार्वजनिक गरिएको हो । 

बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक तथा उपप्रमुख गुलिया कुमारी चौधरीले आर्थिक वर्ष २०८१÷८२ को ९७ करोड ४४ लाख ८७ हजार रुपियाँको बजेट प्रस्तुत गरेकी छन् । संघ, प्रदेश र नगरपालिकाको प्रस्तुत कुल बजेटमध्ये नगरपालिकाको आन्तरिक स्रोत आय १२ करोड रुपैयाँ मात्र रहेको छ । आयतर्फ संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान १८ करोड ३० लाख, समपूरक अनुदान एक करोड ५० लाख, विशेष अनुदान ३ करोड ३५ लाख, ससर्त अनुदान ३९ करोड ३६ लाख र राजस्व बाँडफाँट १७ करोड ९५ लाख रुपैयाँ रहेको छ । त्यस्तै प्रदेश सरकारबाट समानीकरण अनुदान एक करोड ७५ लाख ५८ हजार, समपूरक अनुदान १ करोड ५० लाख, विशेष अनुदान ५५ लाख, सशर्त अनुदान ५१ लाख ५५ हजार र राजस्व बाँडफाँट ६६ लाख ७४ हजार रुपैयाँ प्राप्त हुने जनाइएको छ ।

चालु आर्थिक वर्षको भन्दा करिब तीन करोड बजेट घटेर आगामी वर्षको बजेट सार्वजनिक भएको छ । उपप्रमुख चौधरीले दिगो विकास, उत्पादनमा आत्मनिर्भर, रोजगारी सृजना, व्यावसायिक कृषि, सर्वसुलभ शिक्षा, सबैको स्वास्थ्यमा पहुँच, प्रविधि मैत्री सेवा बजेटको मुख्य उद्देश्य रहेको बताइन् । नगरप्रमुख खडक बहादुर रावतले आगामी वर्षका लागि तयार गरिएको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले नगरभित्रको कृषि, पशु, स्वास्थ्य, शिक्षा, सामाजिक विकास, भौतिक विकास लगायत समग्र क्षेत्रलाई समेट्ने गरी तयार गरिएको नीति कार्यक्रम प्रस्तुत गरेका हुन्। 

बर्दगोरिया गाउँपालिकाको बजेट ८० करोड

त्यसैगरी कैलालीको बर्दगोरिया गाउँपालिकाले ८० करोडको बजेट सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्ष २०८१/८२ का लागि गाउँपालिकाले ८० करोडको बजेट सार्वजनिक गरेको हो।

गाउँ सभा अधिवेशन मार्फत उपाध्यक्ष गणेशराज गिरीले ८० करोड एक लाखको अनुमानित बजेट सार्वजनिक गरे। कुल बजेटमध्ये ३३ करोड ७६ लाख ११ हजार चालुतर्फ, २२ करोड ९६ लाख ५० हजार पुँजीगत तर्फ विनियोजन गरिएको छ । यस्तै २३ करोड ८१ लाख १९ हजार सामाजिक सुरक्षातर्फ विनियोजन गरिएको बजेट वक्तव्यमा भनिएको छ । पालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागी तीन करोड ३६ लाख ६० हजार आन्तरिक आय अनुमान गरेको छ ।

यस्तै राजस्व बाँडफाँडबाट १२ करोड २२ लाख, अन्तर सरकार वित्तीय हस्तान्तरण (संघीय  सरकार) बाट ३७ करोड २३ लाख ८१ हजार र अन्तर सरकार वित्तीय हस्तान्तरण (प्रदेश सरकार) बाट २ करोड ८० लाख २० हजार प्राप्त हुने उपाध्यक्ष गिरीद्वारा प्रस्तुत बजेट वक्तव्यमा उल्लेख छ । पालिकाको मौज्दात (आ.ल्या) रकम २ करोड छ भने सामाजिक सुरक्षातर्फ २३ करोड ८१ लाख १९ हजार पालिकालाई प्राप्त हुने अनुमान गरिएको छ ।

नयाँ आर्थिक वर्षमा पालिकाले सबै भन्दा बढी बजेट सामाजिक विकास तर्फ विनियोजन गरेको छ भने सबै भन्दा कम बजेट सुशासनतर्फ विनियोजन गरेको छ । कुल बजेटको ४९ दशमलव ९८ प्रतिशत अर्थात् २७ करोड सामाजिक विकासतर्फ, कुल बजेटको २७ दशमलव ३७ प्रतिशत अर्थात् १५ करोड ५० लाख कार्यालय सञ्चालन तथा प्रशासनिक विनियोजन गरेको छ भने कुल बजेटको २१ दशमलव ३७ प्रतिशत अर्थात् १२ करोड १२ लाख ६१ हजार पूर्वाधार विकास तर्फ विनियोजन गरिएको छ । यस्तै आर्थिक विकास तर्फ २ दशमलव ६४ प्रतिशत अर्थात् १ करोड ५० लाख र सुशासन तथा अन्तर सम्बन्धित तर्फ १ दशमलव ०६ प्रतिशत अर्थात् ६० लाख रुपैयाँ विनियोजन भएको छ।   

बर्दगोरिया गाउँपालिकाको बजेट ८० करोड

त्यसैगरी कैलालीको बर्दगोरिया गाउँपालिकाले ८० करोडको बजेट सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्ष २०८१/८२ का लागि गाउँपालिकाले ८० करोडको बजेट सार्वजनिक गरेको हो। गाउँ सभा अधिवेशनमार्फत उपाध्यक्ष गणेशराज गिरीले ८० करोड एक लाखको अनुमानित बजेट सार्वजनिक गरे । कुल बजेट मध्ये ३३ करोड ७६ लाख ११ हजार चालुतर्फ, २२ करोड ९६ लाख ५० हजार पुँजीगत तर्फ विनियोजन गरिएको छ । यस्तै २३ करोड ८१ लाख १९ हजार सामाजिक सुरक्षातर्फ विनियोजन गरिएको बजेट वक्तव्यमा भनिएको छ । पालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि तीन करोड ३६ लाख ६० हजार आन्तरिक आय अनुमान गरेको छ ।

यस्तै राजस्व बाँडफाँडबाट १२ करोड २२ लाख, अन्तर सरकार वित्तीय हस्तान्तरण (संघीय  सरकार) बाट ३७ करोड २३ लाख ८१ हजार र अन्तर सरकार वित्तीय हस्तान्तरण (प्रदेश सरकार)बाट २ करोड ८० लाख २० हजार प्राप्त हुने उपाध्यक्ष गिरीद्वारा प्रस्तुत बजेट वक्तव्यमा उल्लेख छ । पालिकाको मौज्दात आल्या रकम २ करोड छ भने सामाजिक सुरक्षातर्फ २३ करोड ८१ लाख १९ हजार पालिकालाई प्राप्त हुने अनुमान गरिएको छ ।

नयाँ आर्थिक वर्षमा पालिकाले सबै भन्दा बढी बजेट सामाजिक विकास तर्फ विनियोजन गरेको छ भने सबै भन्दा कम बजेट सुशासन तर्फ विनियोजन गरेको छ ।  कुल बजेटको ४९ दशमलव ९८ प्रतिशत अर्थात् २७ करोड सामाजिक विकासतर्फ, कुल बजेटको २७ दशमलव ३७ प्रतिशत अर्थात् १५ करोड ५० लाख कार्यालय सञ्चालन तथा प्रशासनिक विनियोजन गरेको छ भने कुल बजेटको २१ दशमलव ३७ प्रतिशत अर्थात् १२ करोड १२ लाख ६१ हजार पूर्वाधार विकास तर्फ विनियोजन गरिएको छ । यस्तै आर्थिक विकास तर्फ २ दशमलव ६४ प्रतिशत अर्थात् १ करोड ५० लाख र सुशासन तथा अन्तर सम्बन्धित तर्फ १ दशमलव ०६ प्रतिशत अर्थात् ६० लाख रुपैयाँ विनियोजन भएको छ ।

त्यसैगरी  कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले ७७ करोड २१ लाख १२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो। सोमबार भएको गाउँसभामा उपाध्यक्ष भगवतीकुमारी चौधरीले आगामी आर्थिक वर्षको अनुमानित आयव्यय प्रस्तुत गरेकी हुन् । आयतर्फ संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान १३ करोड ८२ लाख, राजस्व बाँडफाँट १३ करोड छ लाख, सशर्त कार्यक्रम ३८ करोड ६४ लाख आठ हजार गरी कुल ६५ करोड ५२ लाख १८ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै प्रदेश सरकारबाट समानीकरण अनुदान एक करोड २९ लाख ६० हजार, राजस्व बाँडफाँट ४५ लाख सात हजार, समपूरक अनुदान ९२ लाख, विशेष अनुदान ३० लाख रुपैयाँ गरेर कुल दुई करोड ९६ लाख ६७ हजार रुपियाँ प्राप्त हुने जनाइएको छ ।

यस्तै, गाउँपालिकाको आन्तरिक आम्दानी दुई करोड ६ लाख ५० हजार र चालु आर्थिक वर्षको बैंक मौज्दात ५० लाख रहने उपाध्यक्ष चौधरीले बताए । गाउँपालिकाले कार्यालय सञ्चालनका लागि ९ करोड ३७ लाख २१ हजार, समपूरक कोषका लागि ६ करोड, बाँकी भुक्तानीका लागि ८० लाख, भूमिगत व्यवस्थापनका लागि ३० लाख, डिपिआरका लागि २० लाख, खेलकुद कार्यक्रमका लागि ३२ लाख रुपैँयाँ विनियोजन गरिएको छ ।

गोदावरी एक अर्ब २२ करोडको बजेट

त्यसैगरी कैलालीको गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । नगरउपप्रमुख शारदा रोकायाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेकी हुन्। आर्थिक वर्ष २०८१/८२ का लागि कुल एक अर्ब २२ करोड ३३ लाख ६५ हजार रुपैयाँको अनुमानित बजेट गोदावरी नगरपालिकाले सार्वजनिक गरेको हो ।
संघीय सरकारबाट प्राप्त वित्तिय समानिकरणमा १९ करोड १२ लाख, राजश्व बाँडफाँडमा १८ करोड ७ लाख, समपुरक अनुदानमा एक करोड ४० लाख, विशेष अनुदानमा चार करोड ३० लाख र सशर्त अनुदानमा ४४ करोड एक लाख ७९ हजार रहने अनुमान गरिएको छ

त्यस्तै प्रदेश सरकारबाट प्राप्त वित्तिय समानिकरणमा एक करोड ८३ लाख ५६ हजार, राजश्व बाँडफाँडमा ६९ लाख ७७ हजार, समपुरक अनुदानमा एक करोड पाँच लाख ७० हजार र विशेष अनुदानमा ३५ लाख रहने गरेर नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ।

नगरपालिकाले राजश्व बाँडफाँड अन्र्तगत नै घरजग्गा रजिष्ट्रेसनमा ६ करोड ५० लाख, आन्तरिक स्रोत १३ करोड ७२ लाख ४३ हजार, विज्ञापन कर ६ लाख ४० हजार, वन रोयल्टी १० लाख र बैंक मौज्दात ११ करोड रहने अनुमान गरेको छ। चालु आर्थिक वर्षका लागि एक अर्ब २२ करोड ९४ लाख ७० हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको थियो। चालु आर्थिक वर्षभन्दा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६१ लाख ५ हजार रुपैया कम बजेट ल्याएको छ।

जोशीपुर गाउँपालिकाले ५५ करोड

त्यसैगरी जोशीपुर गाउँपालिकाले ५५ करोड तीन लाखको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीको अध्यक्षतामा बसेको गाउँ सभा अधिवेशनमा उपाध्यक्ष रेखादेवी कठरियाले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि ५५ करोड ३ लाख ११ हजार ५ रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन्।

संघीय वित्तीय समानिकरणबाट ११ करोड ६८ लाख, प्रदेश वित्तीय समानिकरणबाट एक करोड ७ लाख ४६ हजार, संघीय राजश्व बाँडफाँडबाट ९ करोड ६२ लाख, प्रदेश राजश्व बाँडफाँडबाट २६ लाख २३ हजार, संघीय सशर्त अनुदान चालुबाट १७ करोड २५ लाख १० हजार ५ सय, संघीय सशर्त अनुदान पुँजीगतबाट ९ करोड ३६ लाख, प्रदेश सशर्त (चालु) बाट १२ लाख ८५ हजार, प्रदेश सशर्त (पुँजीगत) १ करोड ३० लाख, संघीय सरकारको विशेष अनुदान १ करोड २० लाख, प्रदेश सरकारको विशेष अनुदान ४५ लाख, प्रदेश समपूरक अनुदान १ करोड, आन्तरिक आय १ करोड ६९ लाख ४७ हजार गरेर कुल ५५ करोड ३ लाख ११ हजार ५ रुपैया बराबरको बजेट प्रस्तुत गरिको छ । 

गौरीगंगाको बजेट ९५ करोड ४५ लाख

त्यसैगरी  गौरीगंगा नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। सोमबार नगर उपप्रमुख भोजबहादुर बमले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गरेका हुन्। कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आगामी बजेट सार्वजनिक गरिएको छ ।

उपप्रमुख बमले कुल ९५ करोड ४५ लाख ७९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। पुँजीगत र चालु गरेर आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिएको नगरपालिकाका प्रवक्ता विष्णुप्रसाद भाटले बताएका छन्।
 

ADVADV

सम्बन्धित खबर

Advertise