२०८१ पुष २५ गते बिहिवार / Jan 09 , 2025 , Thursday
२०८१ पुष २५ गते बिहिवार
Ads

मधेश प्रदेश सरकारले शहीद परिवारको बीमा गर्ने

ADV
कमल साह
२०८१ पुष २४ गते २२:१८
मधेश प्रदेश सरकारले शहीद परिवारको बीमा गर्ने

जनकपुरधाम : मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्रालयले मधेश प्रदेशमा विभिन्न आन्दोलनको क्रममा शहीद भएका एक सय ८६ जनाको परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गर्न लागेको छ ।

मधेश गृह संचार मन्त्रालयले विभिन्न आन्दोलका शहीद परिवारबाट पाँच जना परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न लागेको छ ।
त्यस्तै मधेश प्रदेशका ८ वटै जिल्लाबाट १ हजार ८१ जना शहीद परिवारलाई यसै आर्थिक वर्षभित्रमा स्वास्थ्य बीमा गर्न लागेको प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राज कुमार लेखीले  पत्रकार सम्मेलनमा जानकारी दिए । 

मधेशी शहीद प्रतिष्ठानमार्फत शहीदहरूको तथ्यांक संकलन गर्ने काम शुरु भएको शहीद परिवारका पाँज जना सदस्यलाई उक्त बीमामा आबद्ध भएपछि १ लाखसम्मको स्वास्थ्य उपचार गर्न मिल्ने मन्त्री लेखीले जानकारी गराए । 

गृहमन्त्री लेखीले स्वास्थ्य बीमा गर्नका लागि स्वास्थ्य बीमा बोर्डसँग सम्झौता भएको जानकारी गराउँदै त्यसको शुरुवात आगामी माघ ९ गतेबाट गरिने बताए । उनले माघ ५ गते प्रदेश सरकारले सामान्य रुपमा बलिदानी दिवस जनकपुरधाममै मनाउने बताए । 

मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयका सचिव उद्धव प्रसाद रिजालले १ हजार ८१ शहीद परिवारका पाँच जना सदस्यको स्वास्थ्य बिमाका लागि मधेश प्रदेश सरकारले स्वास्थ्य बीमा बोर्डलाई प्रति शहीद परिवार ३ हजार ५ सय बीमा शुल्क तिरिदिने बताए । उनले स्वास्थ्य बीमाको कार्यक्रम यसै आर्थिक वर्षको असार १० गते भित्रमा गरिसक्नुपर्ने प्रावधान भएपनि मधेशी शहीद प्रतिष्ठानको सहयोगमा चाडै शुरुवात गरिने बताए । 

बीमा कार्यक्रममा मधेश आन्दोलन, सशस्त्र आन्दोलन तथा २०६२–०६३ का आन्दोलनमा शहीद भएका परिवारहरू समेटिने जनाइएको छ ।
 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise