२०८१ पुष २६ गते शुक्रवार / Jan 10 , 2025 , Friday
२०८१ पुष २६ गते शुक्रवार
Ads

शोषणविरुद्ध अमेरिकी अदालतमा मुद्दा दर्ता हुने

ADV
२०८१ पुष २६ गते ०६:३०
शोषणविरुद्ध अमेरिकी अदालतमा मुद्दा दर्ता हुने

काठमाडौं : मलेसियामा रहेकोे जापानी कम्पनी कावागुची म्यानुफ्याक्चरिङ एसडीएन बीएचडीमाथि आप्रवासी कामदारको शोषणविरुद्ध अमेरिकी अदालतमा मुद्दा दर्ता हुने भएको छ । उक्त कम्पनीमा कार्यरत २५१ जना बंगलादेशी कामदारलाई तलब नदिएर शोषण गरेकोे आरोपमा अमेरिकी अदालतमा मुद्दा दर्ता गर्न लागिएको स्वतन्त्र आप्रवासी कामदार अधिकारकर्मी एन्डी हलले बताएका छन् ।

एन्डी हलले नेपाल आउने बहुराष्ट्रिय कम्पनीको डिमान्डका कामदार छनोट प्रक्रियामा बिचौलिया चलखेल र अनुचित रकम असुली भएको भन्दै विगतमा विभिन्न टिप्पणी गर्ने अधिकारकर्मी हुन् । उनी नेपाल आउने बहुराष्ट्रिय कम्पनीको डिमान्डमा हाल पनि सोधखोजमा लागिरहेको कतिपय म्यानपावर व्यवसायी बताउँछन् ।

हाल अमेरिकी अदालतमा मुद्दा दर्ता गर्न लागेका कामदारहरूले गत वर्ष ७ महिना बिनातलब काम गरेकोे, शोषण, दुर्व्यवहार र ज्याला भुक्तानी नगरेको आरोप लगाएका छन् । जापानी कम्पनीले कामदारसँग माफी मागी क्षतिपूर्ति दिनुपर्ने हलले बताएका छन् । ‘अर्को हप्ता अमेरिकामा मुद्दा दायर गरिने छ’, हलले भनेका छन् ।

मलेसियाको पेलाबुहान क्लांगमा रहेकोे कावागुचीले प्लास्टिकजन्य सामग्रीको उत्पादन गर्ने गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise