२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

इलाका प्रशासन कार्यालय माग गर्दै अनशन बस्ने सांसद शाहीको चेतावनी

Nada
२०८१ पुष २६ गते १७:१५
Shares
इलाका प्रशासन कार्यालय माग गर्दै अनशन बस्ने सांसद शाहीको चेतावनी


धनगढी : बाजुरा जिल्लाको कोल्टी क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापना गर्न सुदूरपश्चिमका प्रदेश सांसद एवं पूर्वमन्त्री नरेशकुमार शाहीले माग गरेका छन् ।

ncell

वर्षौंदेखि स्थानीयले गर्दै आएको मागलाई सरकारले बेवास्ता गरेको भन्दै उनले कार्यालय स्थापनाको मागसहित गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएका हुन्

माग पूरा नभए गृह मन्त्रालयमै अनशन बस्ने चेतावानी पनि उनले दिएका छन् ।  शाहीले गृहमन्त्री लेखकलाई दिएको ज्ञापन पत्रमा माघ महिनाभित्र बाजुराको पूर्वोत्तर क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने प्रक्रिया अगाडि नबढाइए गृह मन्त्रालयमै अनशन बस्ने उल्लेख गरेका छन् ।

एउटा मात्र प्रतिनिधिसभा निर्वाचन रहेको बाजुरामा दुई वटा प्रदेश निर्वाचन क्षेत्र छन् । प्रदेश निर्वाचन क्षेत्र (१) जिल्लाको पूर्वोत्तर भूभागमा पर्दछ । जसअन्तर्गत बुढीनन्दा नगरपालिका, स्वामीकार्तिक खापर गाउँपालिका, हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिका छन् ।

जिल्लाको कूल भूभागको करिब दुई तिहाइ क्षेत्रफल पूर्वोत्तर क्षेत्रमा पर्दछ । २ हजार १ सय ८८ वर्ग किलोमिटर कूल क्षेत्रफल तथा ९ वटा स्थानीय तह रहेको बाजुरामा पूर्वोत्तरका चार स्थानीय तहको क्षेत्रफल १ हजार ३ सय ४५ दशमलव ०५ वर्ग किलोमिटर रहेको छ ।
 

ताजा खबर

सम्बन्धित खबर