२०८१ माघ २ गते बुधवार / Jan 15 , 2025 , Wednesday
२०८१ माघ २ गते बुधवार
Ads

मलेसियामा माघी मनाइँदै

ADV
२०८१ पुष २९ गते ०६:२५
मलेसियामा माघी मनाइँदै

मलेसिया : थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी स्वदेशमा मात्र नभएर विदेशमा पनि धुमधामले मनाउन थालिएको छ । वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका थारू समुदायका युवायुवतीले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई  प्रमुख आतिथि बनाएर विशेष रूपमा माघी मनाउने तयारी गरेका छन् ।

नेपाली दूतावास मलेसियाको विशेष आतिथ्य रहने कार्यक्रमको मूल नारा ‘हम्मन संस्कृति–हमनके सान, थारू संस्कृति प्रवद्र्धन काइना हम्मन के अभियान’ तय गरिएको छ ।

थारू कल्याणकारिणी सभा मलेसियाको नवौं वार्षिकोत्सव पनि सोही अवसर पारेर १९ जनवरी आइतबार माघे संक्रान्ति विशेष शुभकामना आदानप्रदान कार्यक्रम राखिएको संस्थापक तथा संरक्षक घनश्याम चौधरी ‘आरएन थारू’ले जानकारी दिए ।

नेपाली दूतावाससँगै रहेकोे भवनमा आयोजना हुने माघी कार्यक्रममा निःशुल्क प्रवेशसहित थारू परिकार घोंगी, बगिया, भुजाको लड्डु, फ्राई माछासहित खानाको बन्दोबस्त गरिएको चौधरीले बताए ।

पूर्व झापादेखि पश्चिम कैलालीसम्मको तराई क्षेत्रमा बसोबास गर्दै आएको थारू समुदायका बस्तीमा यतिबेला माघी पर्वको तयारीले छपक्कै छोपेको छ ।

विदेशमा खासगरी मलेसिया, यू. ए. ई., कतार, अस्ट्रेलिया, अमेरिकालगायत मुलुकमा बसोबास गर्ने थारूहरूले माघी पर्वलाई भव्य रूपमा मनाउने गरेका छन् । माघीमा बंगुरको मासु, माछा, घोंगी, गंगटालगायत खानाका परिकार खाने चलन रहिआएको छ । वैदेशिक रोजगारीका लागि विदेशिएका कतिपय युवायुवती माघी पर्व मनाउनकै लागि घर फर्केका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise