२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

विपीन जोशीको रिहाइको पहल गरिदिन कतारसँग आग्रह

Nada
२०८१ माघ १ गते १५:००
Shares
विपीन जोशीको रिहाइको पहल गरिदिन कतारसँग आग्रह

काठमाडौं : हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल जारी राखेको छ ।

ncell

हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई रिहा गर्न लागेको समाचार आएपछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमाससँग सम्पर्कमा रहेका र युद्धविरामका लागि मध्यस्थता गरिरहेका देशहरूलाई जोशीको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरिरहेकी छिन् ।

यसै क्रममा मन्त्री डा. राणाले मंगलवार कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल खुलाइफीसँग फोनवार्ता गरेकी छिन् । मन्त्री डा. खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता छिन् ।

वार्तामा मन्त्री राणाले कतारका मन्त्री डा. खुलाइफीलाई जोशीको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरिन् । मन्त्री राणाले कतार नेपालको सदैव हितैषी मित्रराष्ट्र रहेको प्रसङ्ग उल्लेख गर्दै कतारले हमाससँगको सम्पर्कमा रहेर शान्ति वार्ताका लागि युद्धविराम गराउन विशेष पहल गरिरहेकाले नेपाली युवा विपिन जोशीको रिहाइका लागि पनि विशेष पहल गरिदिन अपिल गरिन् ।

जवाफमा मन्त्री डा. खुलाइफीले हमासलाई इजरायलसँग युद्धविराममा ल्याउने विषय सकारात्मक रूपमा अघि बढिरहेको जानकारी गराउँदै हमासको अपहरणमा रहेकाहरूको मुक्तिका लागि कतार सरकारले पहल गरिरहेको बताए ।

मन्त्री खुलाइफीले जोशीको रिहाइलाई अपिल गर्ने कुरा पनि आफूहरूले प्राथमिकतामा राखेको बताउँदै पहिलो चरणमा उनीहरूले केही बन्दी रिहा गर्ने सूचना दिएकाले सकेसम्म पहिलो चरणमै र त्यो सम्भव नभएमा बाँकीको रिहाइका क्रममा जोशी अपहरण मुक्त हुनेमा आफू विश्वस्त रहेको बताए ।

यसअघि मन्त्री राणाले इजिप्ट सरकारलाई पनि जोशीको रिहाइमा सहयोग गरिदिन आग्रह गरेकी थिइन् । इजिप्ट सरकार पनि हमासको सम्पर्कमा रहेर युद्धविरामका लागि पहल गरिरहेको छ । गत हप्ता उनले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुबै देशसँग जोशीको रिहाइका लागि विशेष पहल गरिदिनका लागि आग्रह गरेकी थिइन् ।

यसअघि उनले गत हप्ता नै नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत् इजरायल सरकारसँग पनि सो आग्रह गरेकी थिइन् ।

सन् २०२३ को अक्टोबरमा इजरायली भूमिमा आक्रमण गरी प्यालेस्टाइनी समूह हमासले १० जना नेपालीसहित एक हजारभन्दा बढी व्यक्तिको हत्या गरेका थिए । त्यसलगत्तै उनीहरूले केही व्यक्तिलाई अपहरण गरी लागेकामा जोशी पनि रहेका छन् ।

ताजा खबर

सम्बन्धित खबर