-अच्युतप्रसाद पौडेल ‘चिन्तन’
हाल हामी सबै लगभग आरामको अवस्थामा छौँ । सबैजसो दौडधूपका काम अहिले छैन भन्दा हुन्छ । तनाव र उत्तेजनामै सँधै रहिरहने संसार नै अहिले लगभग आराममै छ । कोेरोना भाइरसले ल्याएको सनसनीपूर्ण वातावरणबाट अहिले संसारले चाहेर वा नचाहेर आराम लिएको छ । सबै कामलाई थाँती राखेर, रोकेर पूर्ण आराम सम्भव छ कि छैन त्यसको अध्ययन बिस्तारै होला । तर आराम गर्दैमा सबै ठीक हुन्छ भन्ने चाहिँ होइन बरु यस्तो वखत हामीले आप्mनो स्वास्थ्यलाई भने ध्यान दिनु पर्छ ।
यस्तोबेला मन, मस्तिष्कलाई तन्दुरुस्त राख्न विशेष योग, ध्यान, पारिवारिक जमघट, स्नेह, माया, जीवन दर्शनकाबारे छलफल गरी सममय बिताउने गर्नु पर्छ । पूर्वीय दर्शनका धेरै विषय बस्तुहरु छन्, घरैमा सत्सँग, कथा, प्रवचन, भजन, कीर्तन, गहन पुस्तकहरुको अध्ययन, भावी दिनका बारे जाने बुझेसम्मका सजिलोे अवतरणका उपायहरु, आत्म अनुशासन, आत्मानुभूति गरेर समय बिताउन सकिन्छ । आफ््नो दिनचर्यामा परिवर्तन गरेर मिठा गफ गरेर, संगीत, गीतमा भुलेर हाँँसेर हँसाएर जीवनको आयुलाई लम्ब्याउन सकिन्छ । पूजा, पाठ, गीता , महाभारत, रामायण जस्ता पवित्र ग्रन्थहरु वास्तवमा आपद् उद्धारक नै हुन् । किरियापुत्रीहरुलाई शोकबाट टाढा राख्न, लगभग क्वारेन्टाइनमा बस्दा गरुड पुराण सुनाउन त्यसै हाम्रा अग्रजहरुले लगाएका कहाँ हुन् र ? कोठामै बसेर कपासको बत्ती पारेर पनि अहिले हाम्रा आमा, दिदी बहिनीहरुले समय बिताउन र दुई चार पैसा पछिलाई कमाउन सक्छन्, जोहो गर्न सक्छन् । काम भएन भन्ने होेइन काम आपैmँँले खोेज्ने हो । बचेको समय करेसा बारीकोे गोडमेल गर्न सकिन्छ । घर, कोठालाई विशेष सरसफाई, डेकोरेशनमा थपघट, बूढा बूढीको अर्ति, उपदेश, आफन्तसँगको भेटघाट धेरै कामबाट आप्mनोे समय व्यवस्थापन गर्न सकिन्छ ।
ध्यान, योग भन्नु मानव संंशाधनको मूल जरो नै हो । न केवल व्यक्तिगत स्वस्थ व्यक्तिहरुको समूहबाट निर्मित समाजले त राष्ट्रको भावी गति नै निर्धारण गर्छ । क्रोध, हिँसा, तनाव, आवेगले व्यक्ति, समूह, समुदाय, समाज र समग्र मुलुक नै तहसनहस पार्छ । अस्थिर र असन्तुलित मानिसले गरेका निर्णयहरुले समाजमा धमिरा त लाग्छ नै, राष्ट्र पनि दीर्घरोगी हुन्छ । आर्थिक लगानी केवल बालुवामा पानी हाले सरह मात्र हुन्छ । सर्वसिद्धि गतिलो साधन योगलाई जीवनमा आत्मसात् नगर्दा समग्र समाज नै विकृत हुन पुग्छ । मनको चञ्चलताले सँधै भोग वृत्तितिर मात्रै उन्मुख हुँदा मानिसले आफ्नो ध्येय कहिल्यै पूरा गर्न सक्दैन ।
हामीले गर्व गर्नु छ कि हाम्रो मुलुक आयुर्वेदका प्रणेता धन्वन्तरी, योगका प्रथम चिकित्सक शिवजीदेखि पतञ्जलीसम्मको स्थल हो । आशा गराँैै कोरोनाले यहाँ टाउको नउठाओस् । साँच्चै लौकिक जीवनशैलीमा अष्टाङ्गयोगलाई सर्वसिद्धिकारक मान्ने बौद्ध धर्म दर्शनको स्थल पनि हो हाम्रो मुलुक । एकै श्ब्दमा भन्नु पर्दा सम्पूर्ण तपस्वी योग साधकहरुको केन्द्रीय स्थल हो आर्यावर्त क्षेत्र । श्रुति, स्मृति, ज्योतिषदेखि योगाभ्यासका प्रणेता जनक, पाणिनी, भृगु, वशिष्ठ, पराशर, विश्वामित्र, वाल्मीकिको क्षेत्र नेपालमा यौगिक अभ्यासहरु हिजो आज समूहवद्ध भएर गर्ने गरिएका उदाहरण केही देखिए पनि योगसाधनाको अभियान हामी कहाँ कमै छ भन्नु पर्छ ।
विश्वमा अचेल धेरै किसिमका धर्महरु देखिएका छन् । हाम्रै सन्दर्भमा पनि सर्वधर्मको नारा सबैतिर देखिएको छ । विश्वमा जे जति धर्म सम्प्रदायहरु छन् सबैले योगलाई बिर्सेका छैनन्, सर्वसम्मत स्वीकार गरेकै छन् । धर्म सम्प्रदाय विशेषमा फरक हुन त सक्ला तर सभ्य र सन्तुलित जीवन सबैका लागि आवश्यक छ । राष्ट्रको सम्पत्ति भन्नु नै स्वस्थ मानव संशाधन हो । ‘मटेरियल’ र ‘मनि’ को प्रयोग पनि ‘म्यान’ले नै गर्ने हो म्यान चाहे ‘मेन’ होस् वा ‘ओमेन्’ । स्त्री र पुरुष दुवै सन्तुलित र स्वस्थ नभएसम्म सामाजिक, साँस्कृतिकदेखि आर्थिक र सर्वाङ्गीण विकास सम्भव छैन । योगका प्रमुख अङ्ग–यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि पुरुष र स्त्री दुवैका लागि अपरिहार्य छ ।
योग भन्नु कार्यकौशलता पनि हो । काम त सबैले गर्छन् । तर व्यवस्थित, परिणामदायी र दीर्घ समयसम्म दिगो हुने काम गर्ने व्यक्ति निकै कम हुन्छन् समाजमा, राष्ट्रमा । योग भन्नु जीवनदायी परमेश्वरसंगको जोड त हुँदै हो, शरीर सञ्चालनमा सहभागी हुने प्रकृतिसँगको मिलन पनि हो । प्रकृतिपरक हुन नसक्नेहरुको जीवन उराठिलो र पट्यारिलो त हुन्छ नै, जीवन आफ्नै लागि पनि बोझिलो बन्छ । अहिले विज्ञानले हारेको छ । विज्ञान भन्नु मानव मस्तिष्कको देन हो तर मानव मस्तिष्क भन्नु परमेश्वरको परम कृपा देन हो, आज मानिस आप्mनै दातालाई बिर्सँदै छ र त ज्यादै कष्ट भोगि रहेको छ । कोरोनाको सन्त्रासले संसार लक् डाउन होला भन्ने सायदै कसैले सोचेको हुँदो हो यस अघि ।
स्वस्थ, स्वफूर्त, उत्साही, भित्री चूरो र दरो हृदय भएको व्यक्तिले साहसी र अाँटिलो काम गर्न सक्छ, व्यक्ति सफल त हुन्छ नै असल पनि हुन सक्छ । समाज र राष्ट्रलाई दूरगामी असर पर्ने कार्यशैलीले विश्व समाज समेत प्रभावित हुने गर्छ । शान्त, धीर, वीर, शूरो र व्यक्तित्व विकासका लागि योग, पारमार्थिक साधना अनिवार्य नै छ ।
योगमा तत्पर रहन कुनै छुट्टै समय र साधन आवश्यक पर्दैन, चाहिन्छ केवल दृढ इच्छा शक्ति । समयको व्यवस्थापन गर्न जान्नेले प्रत्येक दिन आफूलाई योगमा समाहित गर्न सक्छ । कुनै ठूलो अध्ययन वा तर्क योगका लागि आवश्यक विषय होइन । ज्ञान, कर्म र उपासनामा दृढ रहने व्यक्ति योगी बन्न सक्छ, योगी भनु भेष वा अन्य कुनै पहिचान होइन । विकृतिबाट जोगिनु, जोगाउनुको अर्को नाम योगी हो । योगीको हृदय आकाशभन्दा फराकिलो हुन्छ र सागरभन्दा विशाल हुन्छ उसको मन । सचेत व्यक्तिलाई सरसफाइ गर्न वा हात धुन सिकाइ रहने विषय पनि होइन, यसबाट अवगत हुन्छ हामी कुन युगमा रहेछौं भनेर । राजधानीको प्रदूषण, धूवाँ, धूलोले वाक्क दिक्क भएर मास्क लगाउँदा हमीलाई व्ँयग्य भयो भनेर भन्नेहरु अहिले मास्क लाउँनु हात धुनू भनिरहेछन्, तर उनीहरुलार्ई के थाहा न मास्क पाइन्छ न पानी । धारो छैन धारो भएकोे ठाउँमा पानी छैन ।
बाहिर देखिने शरीर स्थूल शरीर हो । भोक, तिर्खा, निद्रा, आहार, विहारमा आर्धारित यो स्थूल शरीरभित्र रहेको अर्को सूक्ष्म शरीर पनि हुन्छ, त्यो हो मन । यसको वेग वायु भन्दा तीव्र हुन्छ, अनेकौंं चाहनाका कारण कहिलेकाँही जीवन अधुरो मात्रै होइन असन्तुलितका कारण जीवन असफल पनि हुन्छ । मनको चिकित्साको कुनै त्यस्तो ठूलो औषधि छैन । यदि छ भने त्यो योग चिकित्सा नै हो । तन, धन, मन सन्तुलित हुँदा नै जीवनलाई स्वर्गीय आनन्दको अनुभूति हुन्छ । थौरै आवश्यकताको पूर्तिमा विशाल सन्तुष्टि राखी कर्मक्षेत्रमा अगाडि बढेर ऊर्जा शक्ति वचत गरी राष्ट्रनिर्माणमा प्रयोग गर्ने असल साधन मानव संशाधनको ढुकुटी भर्ने मूल कारक तत्व ध्यान र योग अभ्यास नै हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies