२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

संसद बोलाउन दबाब दिने विपक्षी दलहरूको निर्णय

Nada
२०८१ माघ २ गते ११:४८
Shares
संसद बोलाउन दबाब दिने विपक्षी दलहरूको निर्णय

काठमाडौं : विपक्षी दलहरूले संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेका छन् । नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलहरूको बैठकले संयुक्त वक्तव्य निकालेर दबाब दिने निर्णय गरेको हो ।

ncell

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले अधिवेशन नगरे विशेष अधिवेशन आह्वान गर्ने समझदारी बनेको बताए । उनले भने, ‘हिउँदे अधिवेशन छिटोभन्दा छिटो बोलाइयोस् यदि सरकारले अझै पनि यसरी नै संसदलाई छलेर काम गर्छ भने प्रतिपक्ष दलहरुको तर्फबाट आवश्यक पर्यो भने अधिवेशन माग गर्ने, आह्वान गर्नेसम्मको तयारी हामीले गरिरहेका छौं । यसमा हाम्रो समझदारी बनेको छ ।’

यसको साथै, उनले सरकारले नियमित संसद अधिवेशन नबोलाएर अध्यादेशमार्फत स्वेच्छाचारी ढङ्गले सरकार सञ्चालन गरेको भन्दै यो प्रवृत्तिविरुद्ध ६ दलहरु एकै ठाँउमा रहेको बताए । 

उनले भने, ‘सरकारले नियमित संसद अधिवेशन नबोलाएर अध्यादेश मार्फत स्वेच्छाचारी ढंगले सरकार सञ्चालन गर्ने जुन प्रवृत्ति देखाएको छ त्यसमा हामी ६ दलहरु एकै ठाँउमा रहेका छौं । सबैको चिन्ता, चासो र सुझाव सरकार स्वइच्छाचारी बन्दै गएको छ । संसदलाई छल्न खोजेको छ । सरकारको यो रवैया बेठिक भयो भन्ने हाम्रो साझा निष्कर्ष छ ।’

आजको बैठकमा ६ पार्टीहरुको सहभागिता रहेको र अन्य प्रतिपक्षमा रहेका पार्टीहरुको पनि सकारात्मक समर्थन रहेको उनले बताए ।
 

ताजा खबर

सम्बन्धित खबर