काठमाडौं : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारमा सहभागी मन्त्रीहरूलाई छलफलमा बोलाएका छन् ।
बिहीबार बिहान ८ बजे आफ्नै निवास बुढानीलकण्ठमा कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्री र राज्यमन्त्रीसँग छलफल गर्न लागेका हुन् ।
मन्त्री भएपछि आफूले गरेको कामको प्रगति विवरण र सामना गर्नुपरेका समस्याहरू ब्रिफिङ गर्न बोलाइएको हो ।
सरकारमा सहभागी भएका केही मन्त्रीहरूको प्रभावकारितालाई लिएर पार्टीभित्र प्रश्न उठिरहेकाले त्यस बिषयमा पनि छलफल हुने बताइएको छ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा कांग्रेसतर्फबाट आठ मन्त्री छन् ।