काठमाडौं : काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेको विपक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण प्रयास भएको छ ।
काठमाडौँ जिल्ला अदालत परिसरमा त्रिपाठीमाथि रास्वपा कार्यकर्ताहरूले आक्रमण प्रयास गरेका हुन् ।
सहकारी पीडितको तर्फबाट बहस गरेका त्रिपाठीलाई अदालतबाट बाहिरिँदै गर्दा रास्पा सभापति रवि लामिछानेका कार्यकर्ताले आक्रमणको प्रयास गरेका हुन् । रास्वपाका कार्यकर्ताले अश्र्लिल नारासमेत लगाएका थिए । समर्थकले आक्रमण गर्न खोजेपछि प्रहरीले उनलाई सुरक्षा दिएको थियो ।
लामिछानेमाथि थुनछेक बहस भइरहँदा उनका समर्थकले भने अदालत परिसरमा हो–हल्लाका साथ नाराबाजी गरेका थिए ।
त्रिपाठीले स्वर्णलक्ष्मी सहकारी पीडितका तर्फबाट बहस गरेका थिए । आक्रमणमा संलग्न १ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।