काठमाडौँ : नेपाली कांग्रेसका मन्त्रीहरूले एमालेसँग भएको सात बुँदे सहमति अनुसार अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस कार्यसमिति सदस्य र मन्त्रीहरूको संयुक्त बैठक सरकारमा कुनै समस्या नभएको निष्कर्ष निकालेको गृहमन्त्री रमेश लेखकले बताए ।
उनले भने, ‘छलफल हामी दुई दलले मिलेर सरकार बनेको छ । सरकारमा कुनै समस्या छैन । सरकारमा कुनै बाधा व्यवधान अप्ठ्याराहरू छैनन् । आ-आफ्नो मन्त्रालयमा थप राम्रो काम कसरी गर्ने भन्नेबारे छलफल भएको छ।’
दुई दलबीच भएको ७ बुँदे सहमतिमा केन्द्रित भएर काम गर्दै सेवा प्रवाहको क्षेत्रमा केन्द्रित भएर सुशासन कायम गर्नेमा मन्त्रीहरूले जोड दिए ।