काठमाडौं : वैदेशिक रोजगारीमा रोमानिया, जापान र अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका– ६ घर भई हाल काठमाडौंको बालाजु बस्ने रमेश चौधरी छन् । जापान पठाइदिने भन्दै १३ लाख ३२ हजार ५०० रुपैयाँ ठगी गरेर बेपत्ता भएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिने भन्दै ६ लाख ३० हजार लिएको उजुरीका आधारमा प्रहरीले महोत्तरी सोनाम गाउँपालिकाकी सरिताकुमारी यादव र अमेरिका पठाइदिने प्रलोभनमा पारेर ४२ लाख लिएको उजुरीका आधारमा सुनसरी धरानकी चन्द्रकला रदाखु राईलाई पनि पक्राउ गरेको बताएको छ ।