२०८१ माघ ७ गते सोमवार / Jan 20 , 2025 , Monday
२०८१ माघ ७ गते सोमवार
Ads

व्यवसायीलाई इथिकल रिक्रुटमेन्ट तालिम

hardik ivf
२०८१ माघ ७ गते ०६:३५
व्यवसायीलाई इथिकल रिक्रुटमेन्ट तालिम

काठमाडौं : वैदेशिक रोजगार बोर्डले म्यानपावर कम्पनीहरूलाई इथिकल रिक्रुटमेन्ट अर्थात् स्वच्छ भर्ना प्रक्रिया र कानुनी व्यवस्थाबारे तालिम दिने भएको छ । बोर्डले स्वीकृत कार्यक्रमअनुसार उक्त तालिम दिन लागेको बताएको छ ।

तालिम ८ र ९ माघमा २ सिफ्टमा आनन्द इभेन्ट म्यानेजमेन्ट एन्ड मिटिङ भीमसेनगोलामा हुने बोर्डले बताएको छ । ‘वैदेशिक रोजगार श्रम शोषण अन्त्य, आईएलओको निष्पक्ष भर्ना पहल, २०१४’अन्तर्गत सरकार, रोजगारदाता र म्यानपावर कम्पनीलाई विशेष मार्गदर्शन गरिएको छ ।

नैतिक भर्ना प्रवद्र्धन कार्यक्रममा आईएलओ, आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम), जिम्मेवार व्यवसाय गठबन्धन (आरबीए) र द फेयर हायरिङ इनिसिएटिभ इंकलगायतका अन्तर्राष्ट्रिय संस्था सक्रिय छन् ।

बोर्डले सबै व्यवसायीलाई तालिममा सहभागी गराउन नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई पत्राचार गरेको संघका महासचिव मेघनाथ भुर्तेलले जानकारी दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise