२०८१ माघ ७ गते सोमवार / Jan 20 , 2025 , Monday
२०८१ माघ ७ गते सोमवार
Ads

नेकपा (एकीकृत समाजवादी) घाटामा

hardik ivf
मध्यान्ह
२०८१ माघ ७ गते १५:५५
नेकपा (एकीकृत समाजवादी)  घाटामा

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) ले वार्षिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालयका लेखाप्रमुख खेमराज पौडेलले लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेका हुन् । आर्थिक वर्ष ०८०/०८१ को आय–व्ययको लेखापरीक्षण प्रतिवेदनअनुसार नेकपा एस घाटामा रहेको छ ।

गत आर्थिक वर्षमा ४ करोड २४ लाख ५३ हजार ६ सय ९१ रुपैयाँ आम्दानी गरेकोमा ४ करोड ५७ लाख ४० हजार ८ सय ५४ रूपैयाँ खर्च भएएको छ । लेखापरीक्षण प्रतिवेदनअनुसार पार्टी कूल ३२ लाख ८७ हजार १६४ रूपैयाँ घाटामा छ ।

पार्टीको यस आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमा २०८० असोजमा सञ्चालित मेची–महाकाली जागरण अभियान, २०८१ जेठमा सम्पन्न पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन र यसैवर्ष सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा भए/गरेको खर्च विवरण उल्लेख छ ।

सदस्यता, लेबी, प्रकाशन बिक्री, महाधिवेशन प्रतिनिधि शुल्क र अन्य नियमित सहयोग रकम पार्टीको मुख्य आम्दानीको श्रोत रहेको प्रतिवेदनमा उल्लेख छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise