२०८१ माघ ७ गते सोमवार / Jan 20 , 2025 , Monday
२०८१ माघ ७ गते सोमवार
Ads

स्ववियु निर्वाचन ५ चैतमा हुने

hardik ivf
मध्यान्ह
२०८१ माघ ७ गते २०:५६
स्ववियु निर्वाचन ५ चैतमा हुने

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी ५ चैतमा हुने भएको छ । त्रिविका शिक्षाध्यक्ष डा. खड्ग केसीको अध्यक्षतामा सोमवार बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले ५ चैतमा गर्ने निर्णय गरेको हो ।

यसअघि त्रिविको शैक्षिक क्यालेन्डरमा स्ववियु निर्वाचन १५ फागुनमा गर्ने तोकिएको थियो । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशकसमेत रहेका डा. केसीले कानुनी जटिलता आउने भएकाले अघिल्लो कार्यकालमा भएको समयमा नै स्ववियु निर्वाचन गर्ने निर्णय गरिएको बताए ।  

‘वर्तमान कार्यसमितिको २ वर्षको कार्यकाल राखिएको छ । आगामी ५ चैतमा ठीक २ वर्ष पुग्छ’, उनले भने, ‘कानुनी जलिटता नआओस् भनेर अघिल्लो पटक निर्वाचन भएको मितिमै निर्वाचन गर्न त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरिएको छ ।’

यसअघि ५ चैत २०७९मा स्ववियु निर्वाचन भएको थियो । प्रत्येक २–२ वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखि नियमित रूपमा हुन सकेको छैन ।

६ चैत २०६५ मा भएको स्ववियु निर्वाचन एकैपटक १५ चैत २०७३मा भएको थियो । त्यसपछि ५ चैत २०७९मा देशभरि नै केही क्याम्पसबाहेक सम्पन्न भएको थियो । त्यतिवेला ९ वटा आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन ।

स्ववियु निर्वाचन देशभरिका त्रिविका ६२ आङ्गिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ । निर्वाचनका लागि २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ ।
 

ADVADV

सम्बन्धित खबर

Advertise