२०८१ माघ १४ गते सोमवार / Jan 27 , 2025 , Monday
२०८१ माघ १४ गते सोमवार
Ads

चितवनका जनप्रतिनिधिले गरे मौलापुरको भ्रमण

hardik ivf
मध्यान्ह
२०८१ माघ १३ गते १५:४८
चितवनका जनप्रतिनिधिले गरे मौलापुरको भ्रमण


रौतहट : रौतहटको मौलापुर नगरपालिकामा भइरहेको विकास हेर्न, बुझन र सिक्नका लागि अन्य जिल्लाका जनप्रतिनिधिहरू पनि आउन थालेका छन् ।

चितवनको रत्ननगर नगरपालिकाका स्थानीय जनप्रतिनिधिहरूले मौलापुरको विकासका बारेमा अवलोकन भ्रमण गरेका छन् । उनीहरूले मौलापुरमा लागू भएको विभिन्न योजनाहरू आफ्नो पालिकामा समेत कसरी लागू गर्न सकिन्छ भन्ने बारेमा जिज्ञासा व्यक्त गरेका थिए ।

रत्ननगर नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष पोटबहादुर घिमिरेले मौलापुर नगरपालिकामा भएको विकास एवं त्यहाँका नीतिहरू आफ््नो पालिकामा समेत लागू गर्ने बताए ।

जनप्रेमी, राष्ट्रप्रेमी, विकासप्रेमी नीतिबाट प्रभावित भएर मौलापुरको भ्रमण एवं अवलोकनमा आफूहरू आएको घिमिरेले बताए ।

‘मौलापुरको भ्रमण अवलोकन गर्दा यहाँका जनप्रतिनिधिहरू विकासप्रेमी, नागरिकप्रेमी हुनुहुन्छ भन्ने देख्यौं । यहाँका विकास एवं नीतिहरूलाई अन्य पालिकामा समेत लागू गर्नुपर्ने महशुस भयो,’ घिमिरेले भने, ‘नागरिकको पक्षमा जनप्रिय काम यहाँका मेयर रिना साहले गरेको देख्यौं । वास्तवमा उहाँ विकास प्रेमी, शिक्षाप्रेमी, स्वास्थ्यप्रेमी मेयर हुनुहुँदो रहेछ ।’

मौलापुर नगरपालिकाले लिएको शुन्य करको नीति राम्रो रहेको पनि घिमिरेले बताए । मौलापुर नगरपालिकामा शिक्षाका लागि छात्राहरूलाई दिइने साइकल, ल्यापटप, शिक्षकको व्यवस्थाका साथै धुलोमुक्त अभियान अन्तरगतको ग्यास सिलिण्डर वितरण, कानून अनुसार उमेर पुगेका छोरीको विवाहमा दिइने २५ हजार नगद, स्वास्थ्य, शिक्षा, यातायात, कृषक लगायतका क्षेत्रमा भइरहेको विकास एवं बनाइएको नीतिले यहाँका नागरिकले राम्रो सेवासुविधा पाएको घिमिरेले बताए ।

‘मधेसमा तीव्र गतिमा विकास भइरहेको र त्यसमा मौलापुर नगरपालिका अबल र अगाडी देखिएको मैले महशुस गरेको छु’, उनको भनाइ छ ।

भ्रमणमा आएकाहरूले मौलापुरको शून्य कर नीति, निःशुल्क बिजुली–पानी, शिक्षा र स्वास्थ्यको विकास एवं एकीकृत दलित बस्ती लगायतका भौतिक पूर्वाधारका विकासबाट प्रभावित भएका छन् । रत्नगर नगरपालिकाको २८ वटा टोल विकास समितिका अध्यक्षहरू र वडा अध्यक्षसहित कार्यपालिकाका सदस्यहरू मौलापुरको भ्रमण र अवलोकन गरेका छन् ।

उनीहरूलाई मौलापुर नगरपालिकाका उपमेयर नागेन्द्रप्रसाद यादवसहित वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरूले स्वागत गरेका थिए ।
 

ADVenergy

सम्बन्धित खबर

Advertise