२०८१ माघ १४ गते सोमवार / Jan 27 , 2025 , Monday
२०८१ माघ १४ गते सोमवार
Ads

पहाडी क्षेत्रमा पढाउने शिक्षकलाई आवासीय भत्ता

hardik ivf
मध्यान्ह
२०८१ माघ १३ गते १५:५९
पहाडी क्षेत्रमा पढाउने शिक्षकलाई आवासीय भत्ता

चितवन : भरतपुर महानगरपालिकाले पहाडी क्षेत्रमा पढाउने शिक्षकलाई आवासीय भत्ता दिएको छ । भरतपुर–२९ को पहाडी क्षेत्रमा रहेका विद्यालयमा अध्यापन गराउने शिक्षकलाई मासिक २ हजार रुपैयाँ आवासीय भत्ता महानगरपालिकाले दिएको हो ।

महानगरको शिक्षा महाशाखा प्रमुख सुवास आचार्यका अनुसार गत आर्थिक वर्षमा ९ महिनाको भत्ता दिइएकामा चालु अवमा यस वर्ष १२ महिनाकै भत्ता उपलब्ध गराइनेछ । गत वर्ष ३३ शिक्षकले उक्त सुविधा पाएका थिए ।

भरतपुर–२९ मा ११ विद्यालय रहेकामध्ये राजमार्गसँगै रहेको कविलास माविबाहेक १० विद्यालयका भाडामा बस्ने शिक्षकलाई यो सुविधा दिइएको हो । वडामा २ वटा माध्यमिक विद्यालय छन् । तीमध्ये कविलासमा पढाउने शिक्षकले भत्ता नपाउने भएपछि एक माध्यमिक विद्यालय र बाँकी आधारभूत विद्यालयका शिक्षकले सुविधा पाउने भएका हुन् ।

महानगर प्रमुख रेनु दाहालले ग्रामीण क्षेत्रमा कोठा भाडामा लिएर पढाउँदै आएका शिक्षकलाई प्रोत्साहनस्वरूप भत्ता दिएको बताइन् । यो सुविधाले पहाडी क्षेत्रमा कार्यरत शिक्षकलाई प्रोत्साहन हुनुका साथै शिक्षामा पनि सुधार हुने उनले विश्वास व्यक्त गरिन् । सुविधा सम्पन्न ठाउँ र पहाडी क्षेत्रमा एउटै सुविधा हुँदा धेरैजसो शिक्षक पहाडी क्षेत्रमा जान नचाहने समस्या पनि यसबाट समाधान हुने उनको भनाइ छ ।
 

ADVenergy

सम्बन्धित खबर

Advertise