२०८१ माघ २१ गते सोमवार / Feb 03 , 2025 , Monday
२०८१ माघ २१ गते सोमवार
Ads

नेताले बुझ्नुपर्ने कुरा

hardik ivf
२०८१ माघ २० गते ०६:१५
नेताले बुझ्नुपर्ने कुरा

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले साढे ६ महिनाको अवधिमै देखिनेगरी विकास निर्माणको काम गरेको दाबी गरेका छन् । संसदको हिउदे अधिवेशनको पहिलो दिन शुक्रबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले झण्डै एक घण्टा खर्चिएर थुप्रै विकास निर्माणको काम भएको विवरण प्रस्तुत गरे । प्रधानमन्त्रीबाट प्रस्तुत उपलब्धिको सूचीमा सिद्धबाबा सुरूङ मार्गको ब्रेकथु्रदेखि विदेशी मुद्राको सञ्चिती बढेकोसम्म उल्लेख छ । नेपाली कांग्रेस र नेकपा एमाले जस्ता प्रमुख दल मिलेर बनेको बलियो सरकार भएकाले देशमा निराशा बिस्तारै हट्दै गएको प्रधानमन्त्रीको विश्वास छ । सँगसँगै यो सरकार बनेपछि राजनीतिक स्थिरता कायम भएको दाबी गरेका प्रधानमन्त्री अ‍ोलीले यसपटक राजनीतिक टिप्पणी धेरै गरेनन् । 

तर जवाफमा विपक्षी दलका नेताहरूले प्रधानमन्त्री ओलीको दाबी खण्डन गर्ने प्रयास गरे । प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारबाट संभव बन्यो भनेका उपलब्धिहरू नियमित प्रक्रियाबाटै संभव हुने उनीहरूको दाबी थियो । अहिले भइरहेका भौतिक पूर्वाधार विकासका कामहरू कुनै बलियो सरकार बनेर भन्दा पनि नियमित प्रक्रियाबाट सञ्चालन भएको निष्कर्ष निकाल्न विपक्षी नेताहरु एकठाउँ उभिएका थिए । उनीहरूको मत छ– अहिले भइरहेका विकास निर्माणका कामहरू जोसुकै प्रधानमन्त्री भएपनि संभव हुन्थ्यो । संसदीय अभ्यासको आमप्रचलन बिपरीत पहिलो र दोस्रो राजनीतिक शक्ति मिलेर सरकार बनेकाले अहिले भइरहेको भन्दा अझ धेरै काम हुनुपर्ने तर्क उनीहरुले गरेका थिए । 

झट्ट सुन्दा यस्तो तर्क–वितर्क संसदीय सवाल–जवाफ मात्र लाग्न सक्छ । किनकि प्रधानमन्त्रीले दाबी गरेपछि विपक्षीहरुले त्यसको खण्डनन् गर्नु संसदीय राजनीतिको सामान्य प्रक्रिया हो । तर नेपालका सन्दर्भमा यो विषयबारे गम्भीर समीक्षा आवश्यक भइसकेको छ । विशेषगरी नेताहरुले चुनाव केन्द्रीत स्वार्थमा राष्ट्रिय परियोजनाहरूलाई राजनीतिकरण गर्दै आएका छन् । राष्ट्रिय परियोजनाको अर्थ सिंगो मुलुककै प्राथमिकतामा रहेको परियोजना हो । तर देशको परियोजना, प्राथामिकता र कार्यक्रम मात्र भनिरहँदा मतदाताको मन जित्न नसकिने बुझाइका कारण नेताहरुमा अनावश्यक होडबाजी/मतभेद चल्ने गरेको छ । यस्तो होडले देशलाई अगाडि लैजादैन । बरू अनावश्यक राजनीतिकरणले राष्ट्रिय परियोजनाहरू प्रभावित बन्न पुग्छ । पक्कै पनि राम्रो काम गर्नेले जस पाउनुपर्छ । तर त्यसको मूल्याकंन जनताले गर्छन् । नेताले दाबी गर्दा मात्र जनताको आँखामा परिने र मत पाइने भन्ने कुरा निकै पुरानो भइसक्यो । किनकि राष्ट्रिय घटनाक्रमहरुको मूल्यांकन गर्न मतदाता सक्षम भइसके । 

ADVenergy

ताजा खबर

सम्बन्धित खबर

Advertise