२०८२ भदौ २१ गते शनिवार / Sep 06 , 2025 , Saturday
२०८२ भदौ २१ गते शनिवार
Ads

युके पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा पक्राउ

shivam cement
मध्यान्ह
२०८१ माघ २१ गते १२:५९
युके पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौंः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कास्की अन्नपूर्ण गाउँपालिका–२ घर भइ काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने ३२ वर्षीय मदन भण्डरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

मदनले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३७ लाख ५० हजार रूपैयाँ लिइ सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise