२०८२ साउन २६ गते सोमवार / Aug 11 , 2025 , Monday
२०८२ साउन २६ गते सोमवार
Ads

हत्या आरोपमा २ जना पक्राउ

shivam cement
मध्यान्ह
२०८१ माघ २७ गते १५:५१
 हत्या आरोपमा २ जना पक्राउ

बाँके : युवकको हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–२ का ३५ वर्षीय रामबहादुर राना र सोही गाउँपालिका–६ बस्ने १७ वर्षीय किशोर छन् । बैजनाथ गाउँपालिका–८ का २५ वर्षीय दिनेश रोकायाको हत्या गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । 

सोही गाउँपालिका–८ बिचलाईनस्थित विवाह कार्यक्रममा वादविवाद हुँदा उनीहरूले दिनेशसमेत ६ जनालाई शुकबार राति कुटपिट गरेर घाइते बनाएका थिए । गम्भीर घाइते भएका दिनेशको मेडिकल कलेज कोहलपुरमा प्राथमिक उपचारपश्चात भारतको लखनउ पठाइएको थियो । उपचारका क्रममा आइतबार दिनेशको मृत्यु भएको हो । साथै कुटपिटबाट घाइते भएका अन्य ५ जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise