२०८२ असार १० गते मङ्गलवार / Jun 24 , 2025 , Tuesday
२०८२ असार १० गते मङ्गलवार
Ads

पाथीभरामा केबुलकार निर्माण विवादको वार्ता भाँडियो

shivam cement
मध्यान्ह
२०८१ माघ २७ गते १७:००
पाथीभरामा केबुलकार निर्माण विवादको वार्ता भाँडियो

काठमाडौं : ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विरोधमा आन्दोलनरत पक्ष र सरकारी प्रतिनिधिबीच भएको वार्ता भाँडिएको छ ।

गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा गठित सरकारी वार्ता टोलीसँग वार्ता नगर्ने आन्दोलनरत पक्षले माग गरेपछि वार्ता भाँडिएको हो । आन्दोलनरत पक्षले उच्चस्तरीय राजनीतिक नेतृत्व अर्थात् मन्त्रीसँग मात्रै छलफल गर्ने बताएको छ ।

उनीहरूले आइतबारको छलफलमा यसअघिका सहमति कार्यान्वयन नभएकाले कर्मचारीसँग थप वार्ता नगर्ने अडान लिएका छन् । सरकारले वार्ता टोली गठन गरेपछि आफूहरूले आन्दोलनका कार्यक्रम स्थगित गरे पनि सरकारले पक्राउ परेकालाई विनाशर्त छाड्नुपर्नेमा धरौटी लिएकोमा आन्दोलनरत पक्षले आपत्ति जनाएको हो ।

वार्तामा आन्दोलनकारीहरूको तर्फबाट अमर तुम्याहाङको संयोजकत्वमा गठित टोली सहभागी थियो । यसअघि २२ माघमा दुई पक्षबीच वार्ता हुँदा ६ बुँदे सम्झौता भएको थियो । तर आइतबार भएको दोस्रो दुई पक्षीय वार्ता भने भाँडिएको हो । आन्दोलनरत पक्षले कर्मचारीस्तरीय वार्ताबाट समस्या समाधान नहुने भएकाले अब वर्तमान सरकारी वार्ता समितिसँग वार्ता नगर्ने बताएको हो ।

आन्दोलनकारी पक्षले पाथाभरा क्षेत्रमा केबलकार नै बनाउन नहुने बताउँदै आएको छ । सरकारले भने स्थानीयलाई रोजगारी सुनिश्चित गरेर भए पनि बनाउनु पर्ने बताइरहेको छ ।

आन्दोलनरत पक्षको तर्फबाट वार्ता सहजीकरण समितिका संयोजक तुम्याहाङ्गले सरकारले यसअघि गरेको सहमति कार्यान्वयन नगरेको कारण वार्ता नभएको बताए ।  

ADV

सम्बन्धित खबर

Advertise