२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

पत्रकार भण्डारीलाई भारतमा सम्मान

Nada
२०८१ माघ २७ गते २१:३४
Shares
पत्रकार भण्डारीलाई भारतमा सम्मान

काठमाडौं : पत्रकार बैकुण्ठ भण्डारी भारतमा सम्मानित भएका छन् । कृषि पत्रकार महासंघका अध्यक्ष भण्डारीलाई भारतको मधुवनीमा ‘उत्कृष्ट कृषि पत्रकारिता अवार्ड’बाट सम्मान गरिएको हो ।

ncell

‘सतत भविष्यका लागि नवीन कृषि सन् २०४७ सम्म विकसित भारत रणनीति’ को मूल नारासहित एसके चौधरी शिक्षा न्यासद्वारा  आयोजित ९ औं अन्तर्राष्ट्रिय मेगा कृषि महासम्मेलनका अवसरमा  भारत सरकारका खाद्य उपभोक्ता मन्त्री लेसी सिंहले मधुवनीमा आयोजित एक विशेष कार्यक्रममा आइतबार  भण्डारीलाई सो अवार्ड प्रदान गरेका हुन् । 

२६ वर्षदेखि पत्रकारितामा क्रियाशील भण्डारी कृषि विषयलाई मात्र समेटिएर प्रकाशन भएको नेपालको पहिलो कृषि साप्ताहिकका संस्थापक सम्पादक समेत हुन् । कृषि पत्रकार महासंघका अध्यक्ष समेत रहेका भण्डारीलाई पत्रकारिताका माध्यमबाट कृषि तथा खाद्य सुरक्षाका विषयमा सञ्चार वकालत गर्दै नेपाली किसानका  हकहितमा कलम चलाउँदै आइरहेको योगदानलाई कदर गर्दै न्यासले सो अवार्ड प्रदान गरेको हो ।

ताजा खबर

सम्बन्धित खबर