काठमाडौंः काठमाडौंको कमलपोखरीस्थित शानदार म:म पसलमा गत बिहीबार भएको ग्याँस सिलिण्डर विस्फोट घटनामा घाइते भएमध्येका २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौँडा घर भएका १८ वर्षीय रविन राई र उदयपुर घर भएका २० वर्षीय भीम बहादुर घले रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूको कीर्तिपुर बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते अन्य ९ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।