२०८२ वैशाख १० गते बुधवार / Apr 23 , 2025 , Wednesday
२०८२ वैशाख १० गते बुधवार
Ads

लिपिङ खोलामा बेलिब्रिज राखियो

draupadi film
मध्यान्ह
२०८१ माघ २९ गते १६:२३
लिपिङ खोलामा बेलिब्रिज राखियो

सिन्धुपाल्चोक : अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको लिपिङ खोलामो बेलिब्रिज पुनः जडान भएको छ ।

गत असोज दोस्रो साता आएको भारी वर्षा र पहिरोका कारण बेलिब्रिज बगेको थियो । बेलिब्रिज बगेपछि ह्युम पाइप राखेर यातायात सूचारु गरिएको थियो । नेपाली सेनाको प्राविधिक सहयोगमा बेलिब्रिज राखिएको हो ।

अहिले नेपालतर्फ बेलिब्रिज राख्ने काम भइरहेको र चीनतर्फ समेत काम भइरहेकाले तातोपानी नाकामा नियमित यातायात सुचारु हुन सकेको छैन ।

नेपाली सेनाका अनुसार त्यहाँ २० माघदेखि बेलिब्रिज जडान सुरु गरिएको थियो । ४५.७२ मिटर लम्बाइको बेलिब्रिज जडान गरिएको हो । यसको भारबहन क्षमता २८ टन बराबर छ ।

बेलिब्रिज जडान २७ माघका दिन सम्पन्न भएको हो । सोमबार यो पुल सेनाले सडक डिभिजन कार्यालय चरिकोटलाई हस्तान्तरण गरेको छ ।
 

ADV

सम्बन्धित खबर

Advertise