२०८२ वैशाख १० गते बुधवार / Apr 23 , 2025 , Wednesday
२०८२ वैशाख १० गते बुधवार
Ads

काठमाडौंका ७ सडक एकतर्फी

draupadi film
मध्यान्ह
२०८१ माघ २९ गते १७:२१
काठमाडौंका ७ सडक एकतर्फी

काठमाडौं : काठमाडौं महानगरपालिकाले विभिन्न ७ वटा सडकलाई एकतर्फी बनाउने भएको छ ।

महानगरले यातायात आवागमन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र सहज बनाउन सडकलाई एकतर्फी बनाउने निर्णय गरिएको बताएको हो ।

७ फागुनदेखि लागू हुने गरी एक तर्फबाट मात्र सवारी साधन सञ्चालन हुने महानगरपालिकाको भवन व्यवस्था समितिले जनाएको छ ।
निर्णयअनुसार काठमाडौँ महानगरपालिका –५ अन्तर्गत थटु मार्गबाट वडा कार्यालय भीमसेन मार्ग, हात्ती महाङ्काल मार्ग–हाडीगाउँ मार्गतर्फ मात्र प्रवेश गर्न पाउने छ ।

यस्तै, विशालनगर तर्फबाट आउने सवारी साधनहरूलाई भीमसेन मार्ग हुँदै वडा नं. ५ कार्यालयतर्फ जान प्रवेश निषेध गरी हात्ती महाङ्काल तर्फमात्र प्रवेश गर्न पाउने छ ।

हाँडीगाउँ हुँदै ढुङ्गेधारातर्फ सोझो प्रवेश निषेध गरी सवारी साधनहरूलाई थटु मार्ग तर्फबाट पठाइने छ ।

नक्साल भाटभटेनी तर्फबाट आउने सवारी साधनहरू वडा नं. ५ को कार्यालयबाट थटु मार्गतर्फ प्रवेश निषेध गरी भीमसेन मार्गतर्फ मात्र जान पाउने छ भने  ढुङ्गेधाराबाट हात्ती महाङ्कालतर्फ प्रवेश निषेध गरिएके छ ।

यसैगरी, वडा नं. ५ कार्यालयको दक्षिणतर्फबाट गहना पोखरीतर्फ प्रवेश निषेध गरिएको छ भने बाल मन्दिर तर्फबाट टंगाल जाने कैलाश मार्गमा बालमन्दिर तर्फबाट मात्र प्रवेश गर्न पाउने र टंगालबाट प्रवेश निषेध भएको छ ।

ADV

सम्बन्धित खबर

Advertise