२०८२ वैशाख १० गते बुधवार / Apr 23 , 2025 , Wednesday
२०८२ वैशाख १० गते बुधवार
Ads

‘एक चम्चा घ्यू एक हजार जनालाई बाँडेजस्तो भयाे बजेट’

draupadi film
मध्यान्ह
२०८१ माघ २९ गते १७:४२
‘एक चम्चा घ्यू एक हजार जनालाई बाँडेजस्तो भयाे बजेट’

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद ईश्वरबहादुर रिजालले चालु आर्थिक वर्षको बजेट विनियोजन कुशलता नदेखिएको बताएका छन् । सीमित स्रोतलाई अत्यधिक विनियोजनमुखी हुनेगरी बजेट आएको उनले बताए ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसद रिजालले भने, ‘चालु आर्थिक वर्षको बजेट एक चम्चा घ्यू एक हजार जनालाई बाँड्नेजस्तो भयो । सङ्घ सरकारले बनाउने बजेट वितरणमुखी भयो ।’ उत्पादन बढाउने र न्यायोचित वितरण गर्ने कुरालाई बजेटको प्राथमिकतामा राख्न नसकेको उनको भनाइ छ ।

संसद्को प्रभावकारितामाथि पनि उनले प्रश्न उठाए । आज प्रतिपक्ष राष्ट्रिय स्वतन्त्र पार्टीको अवरोधका कारण केही समय बैठक स्थगित भएको थियो । सांसद रिजालले संसद्लाई प्रभावकारी र नतिजामुखी बनाउन सबै दल जिम्मेवार हुुनुपर्ने बताए । ‘संसद् भनेको नीतिको थलो हो, जिद्दीको थलो होइन । संसद् नियमनको थलो हो, तथानामको थलो होइन’, उनले भने । जिम्मेवार भएर आफ्ना अभिव्यक्ति राख्नुपर्ने र संसद्लाई मर्यादित बनाइनुपर्ने उनको भनाइ छ ।

ADV

सम्बन्धित खबर

Advertise