काठमाडौं : काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको पाइप फुटेको छ । मुख्य पाइप फुटेपछि उक्त क्षेत्रमा बाढी आएको छ ।
पानीको बहावले वन विभाग परिसर, विशेष अदालत, जिल्ला अदालत लगायतका सरकारी कार्यालयहरू तथा नजिकैका बस्ती डुबानमा पारेका छन् ।
पाइप फुटेपछि विशेष अदालतमा चलिरहेको मुद्दाको सुनुवाइ नै रोकिएको छ ।
जलमग्न भएको स्थानमा सडक भासिएको छ । सडक भासिएपछि उक्त क्षेत्रमा सवारी साधन आवतजावतमा रोक लगाइएको छ ।