२०८२ वैशाख ३ गते बुधवार / Apr 16 , 2025 , Wednesday
२०८२ वैशाख ३ गते बुधवार
Ads

लागुऔषधसहित पक्राउ

draupadi film
मनु यादव निरज
२०८१ असार १४ गते २०:०५
लागुऔषधसहित पक्राउ

सिरहा : प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । बरियारपट्टीबाट सुखिपुर जाने यात्रुवाहक टेम्पुलाई चेकजाँच गर्ने क्रममा उदयपुर कटारी नगरपालिका वडा नं. ४ का २१ वर्षीय मुकेश मल्लिकलाई पक्राउ गरिएको हो । 

सिरहा बरियारपट्टी गाउँपालिका वडा नं. ३ हवल्दार चोकस्थित इलाका प्रहरी कार्यालय बरियारपट्टी सिरहाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा मल्लिकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनको झोलाबाट नाइट्राभेट–१० पिस, कोडिवेल ६० थान परिमाणको लागुऔषध बरामद गरिएको छ ।

उनलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय सिरहाबाट म्याथ थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ  ।

ADV

सम्बन्धित खबर

Advertise