२०८२ वैशाख १० गते बुधवार / Apr 23 , 2025 , Wednesday
२०८२ वैशाख १० गते बुधवार
Ads

एमाले सांसद शर्माले गरेको श्रमशोषणको विषयमा आयोगद्वारा अनुसन्धान सुरु

draupadi film
मध्यान्ह
२०८१ माघ ३० गते १८:२५
एमाले सांसद शर्माले गरेको श्रमशोषणको विषयमा आयोगद्वारा अनुसन्धान सुरु

काठमाडौंः लुम्बिनी प्रदेशकी नेकपा एमाले सांसद रेखा शर्माले गरेको श्रमश्रोषणको विषयमा मानव अधिकार आयोगले छानबिन तथा अनुसन्धान गर्न सुरु गरेकाे छ ।

शर्माले एक बालिकामाथि ६ वर्षसम्म बन्धक बनाई श्रमश्रोषण गरेको विषयमा बुधबार एक विज्ञप्ति जारी गर्दै आयोगले छानबिन तथा अनुसन्धान गर्न थालेको जनाएको हो ।

आयोगले सरकारी वकील कार्यालय पाटन र जिल्ला सरकारी वकील कार्यालय काठमाडौंमा पत्राचार गरी नेपाल प्रहरीबाट सरकारी वकील कार्यालयसमक्ष पेस गरेको रायसहितको प्रतिवेदन ७ दिनभित्र उपलब्ध गराउन पत्राचार गरेको छ । 

यसअघि माघ २८ गते घरमा बालश्रमिक राखेकी लुम्बिनी प्रदेश सभाकी सांसद रेखाकुमारी शर्मालाई सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेको थियो। 

ADV

सम्बन्धित खबर

Advertise