काठमाडौंः काठमाडौंको साँखुमा स्कुल बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार साँखुस्थित कात्तिकेमा चाबहिलको एसएस एकेडेमी स्कुलको बा२ख ७९५८ नम्बरको बस दुर्घटना हुँदा २ जना विद्यार्थीको मृत्यु भएको हो ।
दुर्घटनामा स्कुल व्यवस्थापक, शिक्षक र विद्यार्थीसहित गरी ४० जना घाइते भएका छन् । उक्त बस नगरकोटमा पिकनिक बनाएर फर्किएको थियो ।