काठमाडौं : बुढानीलकण्ठ नगरपालिकाले मेला दुई दिने रोजगार मेला सञ्चालन गर्ने भएको छ । फागुन २ र ३ गते नगरपालिकाको प्रगढमा चौथो रोजगार मेला आयोजना गर्ने भएको हो । ‘शिक्षा, सीप र उद्यमशीलता : रोजगारी हाम्रो प्राथमिकता’ भन्ने नाराका साथ रोजगार मेला आयोजना गर्न लागिएको हो ।
नगरपालिकाले बुधबार पत्रकार सम्मेलन गर्दै रोजगार मेलाको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने जनाएको हो । मेलामा कुल ४२ वटा स्टल रहनेछन् जसमा २० वटा रोजगारदाता, ६ वटा शिक्षा, सीप तथा तालिम प्रदायक, ३ वटा युवा उद्यमशीलता, ७ वटा रमाइलो शुक्रबार प्रवर्द्धक र बाँकी ६ वटा विविध विषयका स्टलहरू रहने पालिकाले जनाएको छ । मेलामा २५ हजार भन्दा बढी गृहिणी महिला, युवा तथा विद्यार्थी लगायतले अवलोकन गर्ने र मेला अवधिमा दर्जनौं बेरोजगार युवाहरूले रोजगारी प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
मेलामा कम्तीमा सय जनालाई मेला अवधिमा नै रोजगारीमा जोड्ने अपेक्षा गरिएको छ । मेलाका लागि आयोजक समिति समितिको संयोजक नगर प्रमुख मिठाराम अधिकारी छन् भने उप संयोजकमा उपप्रमुख अनिता लामा रहने गरी मूल आयोजक समिति गठन गरिएको हो ।