२०८१ चैत १ गते शुक्रवार / Mar 14 , 2025 , Friday
२०८१ चैत १ गते शुक्रवार
Ads

आगामी शुक्रबार दाङ देउखुरी सेवा समाज कतारको साधारणसभा हुँदै

hardik ivf
तिलु शर्मा पौडेल
२०८१ माघ ३० गते २२:०४
आगामी शुक्रबार दाङ देउखुरी सेवा समाज कतारको साधारणसभा हुँदै

दोहा कतार : कतारमा स्थापित दाङ देउखुरी सेवा समाज कतारले आफनो सातौं साधारणसभाको आयोजना गर्ने भएको छ । गृह जिल्ला देखि कतार सम्म सामाजिक कार्यमा अग्रसर समाजको साधारणसभा आउदो शुक्रबार बिहान ११ बजेबाट प्लाजा मल स्थित वेलफेयर रेस्टुरेन्टको सभाहलमा आयोजना गर्न लागिएको छ l 

विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न गरिने साधारणसभामा कतारमा रहेका सबै दङाली दाजुभाइ तथा दिदिबहिनिहरुलाई उपस्थित हुन् समाजका अध्यक्ष रण बहादुर केसीले आग्रह गरेका छन् ।

उनले प्रवासबाट जिल्लामा एम्बुलेन्स सञ्चालन, जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीहरूको शिक्षाका लागि छात्रवृत्ति कोष स्थापनासहित दिनदु:खीको दु:खमा मलहम लगाउने साझा संस्था भएको हुँदा दँगालीहरूको पूर्ण उपस्थिति र साथ रहनेमा आफू आशावादी रहेको बताए ।

कतारमा रहेका दँगालीहरूको अग्रसरतामा सन २०१२ मा दाङ देउखुरी सेवा समाज कतारको स्थापना गरिएको हो । लुम्बिनी प्रदेशभित्रका सस्थाहरु मध्य दाङलाई कतारमा उत्कृष्ट सामाजिक संस्थाका रूपमा चित्रण गरिन्छ ।

ADV

सम्बन्धित खबर

Advertise