२०८२ वैशाख १० गते बुधवार / Apr 23 , 2025 , Wednesday
२०८२ वैशाख १० गते बुधवार
Ads

जनयुद्ध दिवसको अवसरमा जुम्लाका दुई पालिकामा विदा

draupadi film
मध्यान्ह
२०८१ फागुन १ गते ११:३९
जनयुद्ध दिवसको अवसरमा जुम्लाका दुई पालिकामा विदा

जुम्लाः जनयुद्ध दिवसको अवसरमा जुम्लाका दुई स्थानीय तहले विदा दिएका छन् । सिंजा गाउँपालिका र तिला गाउँपालिकाले छुट्टाछुट्टै निर्णय गर्दै फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।

सिंजा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर शाहीद्वारा जारी सूचनामा पालिकाको निर्णय अनुसार कार्यालय तथा मातहतका निकायहरूमा विदा दिइएको उल्लेख गरिएको छ ।

त्यस्तै, तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले पनि जनयुद्ध दिवसको अवसरमा पालिकाभित्र सार्वजनिक विदा दिने निर्णय गरेको पुष्टि गरेका छन् ।

विशेष गरी नेकपा माओवादी पृष्ठभूमिका स्थानीय तहहरूले यस दिन सार्वजनिक विदा दिने गरेका छन् । 
 

ADV

सम्बन्धित खबर

Advertise