२०८२ वैशाख १० गते बुधवार / Apr 23 , 2025 , Wednesday
२०८२ वैशाख १० गते बुधवार
Ads

टीकापुरलाई गुलाफको शहर बनाउने अभियान

draupadi film
मध्यान्ह
२०८१ फागुन १ गते १६:२२
टीकापुरलाई गुलाफको शहर बनाउने अभियान

धनगढी : कैलालीको टीकापुर नगरपालिकालाई गुलाफको सहर बनाउने अभियान सुरु गरिएको छ । भ्यालेन्टाइन–डे अर्थात् प्रणय दिवस १४ फेब्रुअरीदेखि यो अभियान सुरु गरिनेछ ।

टीकापुर नगरप्रमुख रामलाल डंगौरा थारुले अभियानमा नगरपालिका तथा वडा कार्यालय परिसर, नगरपालिकास्थित ६ लेन सडकको मेडियन, चिल्डे«न पार्क, सरकारी तथा गैरसरकारी कार्यालय परिसर, सार्वजनिक स्थललगायतका स्थानमा गुलाफका बिरुवा रोपिने जानकारी दिए ।

नगर प्रमुख थारुका अनुसार ‘भ्यालेन्टाइन–डे’का दिन नगरवासी, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलगायतको सहभागितामा १० हजार गुलाफको बिरुवासहित अन्य फलफूलका बिरुवा, मौसमी तथा बेमौसमी सजावटका बिरुवा रोपिने छ ।

अर्को वर्ष भ्यालेन्टाइन–डेकै दिन संसारभरिकै मानिसलाई टीकापुरमा गुलाफ अवलोकन गर्न आमन्त्रण गरेर पर्यटन प्रवद्र्धन गर्ने योजना रहेको नगरप्रमुख थारुे भने । टीकापुरमै कर्णाली नदीको तटमा टीकापुर बृहत् उद्यान पार्क छ, जहाँ विभिन्न ३६ प्रजातिका गुलाफ पाइन्छन् । तिनै गुलाफका बिरुवालाई रोप्दै जाने र १ वर्षमा गुलाफको सहर बनाउने पालिकाको योजना छ । नगरपालिकाले यो अभियानका लागि १० लाख बजेट विनियोजन गरेको छ ।

यसैबिच टीकापुरको जमरा पुलदेखि बसपार्कसम्म रहेको झण्डै २ किलोमिटर सडकको दुवैतर्फ ग्रीन लेनमा पनि तालजाली लगाइएको छ ।
 

ADV

सम्बन्धित खबर

Advertise