२०८२ वैशाख ९ गते मङ्गलवार / Apr 22 , 2025 , Tuesday
२०८२ वैशाख ९ गते मङ्गलवार
Ads

मेलम्ची आयोजनाको नाममा वर्षौंदेखि झुक्याउने काम भयो : सांसद कार्की

draupadi film
मध्यान्ह
२०८१ फागुन १ गते १७:०१
मेलम्ची आयोजनाको नाममा वर्षौंदेखि झुक्याउने काम भयो : सांसद कार्की

काठमाडौंः बुधबार बबरमहलमा मेलम्ची खानेपानीको थोक बितरण प्रणालीको पाइप फुटेर जनधनको क्षति भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले आपत्ति प्रकट गरेकी छिन् । कार्कीले मेलम्ची खानेपानी आयोजनाको नाममा वर्षौंदेखि आम जनतालाई ठग्ने काम भइरहेको भन्दै आपत्ति जनाएकी हुन् ।

उनले बबरमहलमा मेलम्ची खानेपानीको पाइप फुटेर बाढी नै आएको प्रसंगलाई जोड्दै गुणस्तरीयहीन काम गर्दाको नजिताका रुपमा पाइप फुटेको बताइन् । उनले भनिन्,‘मेलम्ची खानेपानी आयोजना भनेर वर्षौंदेखि जनतालाई झुक्याइएको अवस्था छ । अर्बौ खर्च भइसकेको छ । अझै प्रोजेक्ट पूर्ण हुनलाई त्यहाँ अर्बौं लाग्छ रे । यही एउटा मेलम्ची देखाएर जनतालाई काकाकुल बनाए झुक्याएर ठगेर बसेको अवस्था छ ।’ 

उनले थपिन्, ‘निर्माण सम्पन्न भइसकेको भनिएको पाइप विस्तारको काममा पनि फुटेर सडक नै भत्किएर बाढी जाने अवस्था आइसकेको छ । जिम्मेवार निकायहरु थप जिम्मेवार हुनुपर्‍यो, त्यसमा गृहकार्य गर्नुपर्‍यो । यसमा गुणस्तरको काम नै भएन, के कत्तिको पानी फ्लो त्यसले थाम्न सक्छ, यस्तो कुरामा राम्रो अध्ययन हुनुपर्छ ।’

पाइप फुटेपछि पानी बगेर बबरमहल क्षेत्र जलमग्न भएको थियो । बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि पानी जमेर जलमग्न भएको र विषेश अदालतसहितका सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो । 

ADV

सम्बन्धित खबर

Advertise