२०८२ वैशाख ९ गते मङ्गलवार / Apr 22 , 2025 , Tuesday
२०८२ वैशाख ९ गते मङ्गलवार
Ads

देवघाटमा महामहोत्सव सम्पन्न

draupadi film
मध्यान्ह
२०८१ फागुन १ गते १९:४६
देवघाटमा महामहोत्सव सम्पन्न

दमौली : प्रसिद्ध देवघाटधाममा १ महिनासम्म सञ्चालित महामहोत्सव सम्पन्न भएको छ ।

माघे संक्रान्तिको अवसरमा महामहोत्सव आयोजना भएको हो । विश्व जागरण महाभियान ट्रष्ट चितवनको आयोजनामा भएको महामहोत्सवको देवघाटस्थित गलेश्वर आश्रमका पीठाधीश महामण्डलेश्वर १००८ स्वामी आत्मानन्द गिरीले समापन गरेका थिए ।

उनले देवघाट क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनका लागि महामहोत्सव सफल भएको बताए । देवघाट मुलुकको महत्वपूर्ण धार्मिक तीर्थस्थल भएकाले यहाँ यज्ञयज्ञादी पर्व आयोजना भइराख्नुपर्नेमा स्वामी आत्मानन्दले जोड दिए ।

ईश्वरकृष्ण महाराजको संकल्पमा तनहुँको देवघाट गाउँपालिका–५ मा निर्माणाधीन ३६५ कोठाको मातापिता सेवा आश्रमले पूर्णता दिन र सोही स्थानमा रहेको देवघाट दिव्यधाम निर्माण गर्न रकम संकलन गर्ने उद्देश्यले महामहोत्सव आयोजना गरिएको हो ।

महामहोत्सव २५ लाख बढी भक्तजनले प्रत्यक्ष अवलोकन गरेका विश्व जागरण महाभियान ट्रष्टले दाबी गरेको छ । महोत्सव अवधिभर २० करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको जनाउँदै आम्दानी र खर्च यथाशीघ्र पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने ईश्वरकृष्ण महाराजले उल्लेख गरे । ३६५ कोठासहितको संरचनामा वृद्धवृद्धा र असहायका लागि दीर्घकालीन आवासीय सुविधा प्रदान गर्ने उद्देश्यले मातापिता सेवा आश्रम निर्माणाधीन छ ।

महामहोत्सवमा देवी प्रतिभा, अनुराधा पाण्डे, ओमप्रकाश सुवेदी, यशोदा मातालगायत लोकप्रिय कथा वाचकहरूले कथा वाचन गरेका थिए ।
 

ADV

सम्बन्धित खबर

Advertise