दाङ : आदिवासी जनजाति पत्रकार महासंघ दाङको अध्यक्षमा दिप्तिशिखा चौधरी सर्वसहमत चयन भएकी छन् । बिहीबार दाङको तुलसिपुरमा भएको दशौँ अधिवेशनबाट चौधरीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो ।
उपाध्यक्षमा दीपक जिएम, सचिवमा एचआर मगर, कोषाध्यक्ष निता चौधरी, सहसचिवमा जयन्ती चौधरी चयन भएका छ्न् ।
त्यस्तै सदस्यहरूमा सरिता चौधरी, प्रेमकुमारी बुढा, प्रिया चौधरी र सुरक्षा चौधरी चयन भएका छन् । अधिवेशनले केन्द्रीय प्रतिनिधिमा सविन प्रियाशन, रिता लामा र जीत सागर जिएमलाई चयन गरेको छ भने प्रदेश प्रतिनिधिमा प्रेमबहादुर राम्जा र जयन्ती चौधरी रहेका छन् ।
महासंघ दाङ शाखा अध्यक्ष प्रेमबहादुर राम्जाको अध्यक्षता एवम् पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियाशनको प्रमुख आतिथ्यतामा अधिवेशन भएको थियो ।