२०८२ वैशाख ६ गते शनिवार / Apr 19 , 2025 , Saturday
२०८२ वैशाख ६ गते शनिवार
Ads

बागमती पुल निर्माण : प्रमुख कर्णले मनपरि ढंगले खर्च देखाएको आरोप

draupadi film
मनोज साह
२०८१ फागुन १ गते २१:३३
बागमती पुल निर्माण : प्रमुख कर्णले मनपरि ढंगले खर्च देखाएको आरोप

रौतहट : पूर्व पश्चिम राजमार्ग अन्तर्गतको सर्लाही र रौतहट जोड्ने बागमती खोलाको पुल यही माघ १४ गते  बिग्रिएपछि मर्मतको काम भइ रहेको छ । 
बाग्मती पुलको सर्लाही तर्फबाट चौथो र पाँचौ नम्बरको स्परमा पिलर र बिम अर्थात् ‘गिर्डर’ बीचको बेरिङ राख्ने पेरिस्टल भत्किएर पुल करिब ८ सेन्टिमिटर जति धस्सिएको थियो । 

पुलको मर्मत गर्न सडक डिभिजन कार्यालयले पुलबाट आवतजावत बन्द गराएर माघ २६ गतेदेखि डाइभर्सन बनाएर बागमती नदी हुँदै सवारी साधन आवतजावत गराएको छ । पुल निर्माण कार्यमा मनपरि ढंगले सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख अरुणकुमारलाल कर्णले खर्च देखाएको आरोप लाग्न थालेको छ । 

पुलको मर्मतमा समेत ६० लाखभन्दा बढी खर्च लाग्ने अनुमान सडक डिभिजन कार्यालय रौतहटको छ । सो पुलको पूर्वतर्फ ४ र ५ नम्बरको स्परमाथि जडान गरिएको पेरिस्टल भत्किएको छ । 

सडक डिभिजन कार्यालयका अनुसार पिलर र बिम (गिर्डर) बीचको पार्टमा रेष्ट गर्ने पेरिस्ट भत्किएको र सोको मर्मत भइरहेको छ । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरको स्रोतका अनुसार डाइभर्सन बनाउन मात्रै ३० लाखभन्दा बढी खर्च देखाइएको छ ।  

केही स्थानमा ह्युम पाइप राखेर बागमती नदीकै बालुवा प्रयोग गर्दै बनाएको डाइभर्सनमा त्यति धेरै खर्च कसरी भयो प्राविधिकहरू आफै छक्क परेको स्रोतको भनाइ छ । 

‘कति टिप गिट्टी बालुवाको प्रयोग भयो, त्यसको एकिन तथ्यांक नराखेर कार्यालय प्रमुख कर्णको निर्देशनमा लागेको भन्दा धेरै बढी टिप देखाएर पैसा खाने काम भएको छ’, स्रोतले भन्यो, ‘त्यसैगरी पुल मर्मतमा पनि बढी नै खर्च देखाउने नियत हाकिम साहेबको छ । पुल बिग्रदा हाकिम साहेबको लागि कमाउने माध्यम बनेको छ ।’ स्रोतका अनुसार पुलको मर्मत पेरिस्टल कंक्रिटबाट गर्ने भनेर मनपरी ढंगले खर्च देखाउने काम हुँदैछ । यसरी कमिसननै कमिसनको चक्करमा भएको मर्मत कार्य टिकाउ नहुनेमा सरकारवालाको चिन्ता रहेको छ । सो पुल मर्मतको लागि भन्दै कर्णले एकै पटक धेरै कमाउने लोभमा जथाभावी शीर्षक राखेर खर्च देखाउन कर्मचारीहरूलाई दबाब दिएको स्रोतको दाबी छ । 

यता कार्यालय प्रमुख कर्ण भने आफूहरूले पुल निर्माणमा गुणस्तरीय काम गरेको दाबी गर्छन् । उनले पूर्व पश्चिम राजमार्गको लाइफलाइनको रुपमा रहेको सो पुल छिटो मर्मत गरेर सञ्चालनमा ल्याउन आफूहरू अहरात्र खटिरहेको र अन्तर्राष्ट्रिय स्तरको प्रविधि प्रयोग गरेर पुलको मर्मत गरिएको बताउँदै आफूविरुद्ध अनावश्यक हल्लाहरु फिजाइएको दाबी गरे ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise