२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

कास्की आदर्श समाज कतारले पोखरामा स्रष्टा सम्मान कार्यक्रम गर्दै

Nada
तिलु शर्मा पौडेल
२०८१ फागुन १ गते २१:४३
Shares
कास्की आदर्श समाज कतारले पोखरामा स्रष्टा सम्मान कार्यक्रम गर्दै

दोहा, कतार : कास्की आदर्श समाज कतारले पोखरामा स्रष्टा सम्मान तथा भेटघाट कार्यक्रम -२०८१ को आयोजना गर्ने भएको छ । आउँदो शनिबार बिहान १० बजेदेखि पोखराको न्युरोडमा रहेको सिटी स्क्वाएर प्रा.लि  को हलमा उक्त कार्यक्रमको आयोजना गर्न लागिएको समाजले जनाएको छ ।

ncell

कतारदेखि कास्कीसम्म भूकम्प पीडित, बाढी पहिरो पीडित, विपन्न परिवारका बिरामी लगायतलाई आर्थिक तथा भौतिक सहयोग, सिर्जना बहिरा आवासीय विद्यालयमा अक्षयकोष स्थापना, रक्तदान कार्यक्रम, विभिन्न चाडपर्वमा पारिवारिक भेटघाट गर्ने गराउने क्रियाकलापहरू गर्दै आएको समाजले यस पटक फरक प्रकृतिको कार्यक्रमको आयोजना गर्न लागिएको समाजका अध्यक्ष अग्निधर देवकोटाले बताए ।

उनले गृह जिल्लामा शिक्षा, स्वास्थ्य, सञ्चार, साहित्य र कला क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएका एक-एक जनालाई मायाको चिनो, दोसल्ला र नगदसहित सम्मान गरिने भएको छ । त्यस्तै समाजका आजीवन सदस्यहरूका बाबुनानीहरु मध्ये २०८० सालको एसईईमा उत्कृष्ट अंक ल्याउने एक छात्र र एक छात्रालाई प्रोत्साहन स्वरूप बधाई पत्र र नगदद्वारा सम्मान गर्ने कार्यक्रम रहेको छ ।

विविध सांस्कृतिक कार्यक्रमहरू समेत रहने गरी तयारीलाई अन्तिम चरणमा पुर्‍याइएको कार्यक्रम संयोजक कृष्ण भण्डारीले जानकारी दिए । "कास्की आदर्शको चाहना सभ्य र समृद्ध समाजको स्थापना" भन्ने मूल नाराका साथ सन् २००२ मा समाज कतारको स्थापना भएको हो ।

ताजा खबर

सम्बन्धित खबर