२०८२ वैशाख ९ गते मङ्गलवार / Apr 22 , 2025 , Tuesday
२०८२ वैशाख ९ गते मङ्गलवार
Ads

आयोगद्वारा बाल सङ्गठन जग्गामा अनियमिततासम्बन्धी अनुसन्धानको प्रतिलिपि माग

draupadi film
मध्यान्ह
२०८१ फागुन २ गते ११:४५
आयोगद्वारा बाल सङ्गठन जग्गामा अनियमिततासम्बन्धी अनुसन्धानको प्रतिलिपि माग

काठमाडौंः राष्ट्रिय मानव अधिकार आयोगले नेपाल बाल सङ्गठनको जग्गा भाडामा लगाउँदा भएको अनियमिततासम्बन्धी अनुसन्धान मिसिलको प्रतिलिपि सात दिनभित्र उपलब्ध गराउन भनेको छ ।

उच्च सरकारी वकिल कार्यालय पाटन र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई निर्णयको प्रतिलिपि तथा केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्जलाई अनुसन्धान मिसिलको प्रतिलिपि सात दिनभित्र उपलब्ध गराउन पत्राचार गरिएको आयोगले जनाएको छ । 

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले उक्त घटनाको स्व–विवेकीय क्षेत्राधिकार प्रयोग गरी छानबिन तथा अनुसन्धान प्रारम्भ गरेको र अनुसन्धान मिसिलको प्रतिलिपि सात दिनभित्र उपलब्ध गराउन पत्राचार गरेको जानकारी दिए ।

आयोगले बाल सङ्गठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यको संलग्नता रहेको तर सत्ता र शक्तिको आडमा निजउपर मुद्दा नचलाउने भनी सरकारी वकिल कार्यालय, काठमाडौंले निर्णय गरेपछि उक्त अनुसन्धान सुरु गरिएको उनले बताइन् । 

ADV

सम्बन्धित खबर

Advertise