२०८२ वैशाख ९ गते मङ्गलवार / Apr 22 , 2025 , Tuesday
२०८२ वैशाख ९ गते मङ्गलवार
Ads

चरेस र गाँजासहित ७ जना पक्राउ

draupadi film
मध्यान्ह
२०८१ फागुन ३ गते ११:२३
चरेस र गाँजासहित ७ जना पक्राउ

रुपन्देहीबाट प्रहरीले चरेस र गाँजासहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका-८ का ३३ वर्षीय दीपक तामाङ, ३६ वर्षीय सुनबहादुर तामाङ, ३१ वर्षीय नक्कलबहादुर तामाङ, ४१ वर्षीय प्रेमलाल तामाङ रहेका छन् ।

यस्तै, रुपन्देही सिद्धार्थनगर नगरपालिका-४ आदर्शनगरका २५ वर्षीय जीवन मल्लाह, तिलोतम्मा नगरपालिका-१४ का २३ वर्षीय दिलीप केवट र स्याङ्जा गल्याङ नगरपालिका-१ ३८ वर्षीय जीवनाथ पाण्डे रहेका छन् ।

शुक्रबार सिद्धार्थनगर नगरपालिका-४ र तिलोत्तमा नगरपालिका-१५ बाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रहरी निरीक्षक महेन्द्र सेनका अनुसार लागुऔषध कारोबार हुँदै गरेको सूचना पाएपछि रुपन्देही जिल्ला प्रहरी र लागुऔषध नियन्त्रण ब्युरो शाखा भैरहवाबाट प्रहरी टोली खटिएको थियो ।

पक्राउ परेका व्यक्तिहरूको साथबाट २०.७९ ग्राम चरेस, २१ किलो गाँजा र लागुऔषध पोल्याण्डको धुलो ८४ ग्राम बरामद भएको सेनले बताए । उनीहरूलाई लागुऔषध नियन्त्रण ऐन अन्तर्गतको कसुरमा हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise