२०८१ फागुन ९ गते शुक्रवार / Feb 21 , 2025 , Friday
२०८१ फागुन ९ गते शुक्रवार
Ads

डिपेन्डेन्ट भिसामा युके पठाउने भन्दै ठगी गर्ने २ युवा समातिए

hardik ivf
मध्यान्ह
२०८१ फागुन ३ गते १२:०२
डिपेन्डेन्ट भिसामा युके पठाउने भन्दै ठगी गर्ने २ युवा समातिए

पोखराः फेसबुकमा नक्कली आइडी बनाएर डिपेन्डेन्ट भिसामा युके पठाउने आश्वासन दिएर ठगी गर्ने २ जना काभ्रेका युवा माठमाडौंबाट पक्राउ परेका छन् ।

‘नेहा गुरुङ’ नामक नक्कली फेसबुक अकाउन्ट बनाएर सोही फेसबुकमार्फत सम्पर्क गरी प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा काभ्रेका २ युवा माठमाडौंको सोह्रखुट्टेबाट पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक, चौरी देउराली गाउँपालिका–७ का १९ वर्षीय मनिष भुजेल र भूम्लु गाउँपालिका–४ का २१ वर्षीय निशान पहारी रहेका प्रहरीले जानकारी दिएको छ ।

उनीहरुले उक्त नक्कली फेसबुक आइडीमार्फत पोखराका एक जनालाई डिपेन्डेन्ट भिसामा युके पठाउने आश्वासन दिएर ६ लाख एक हजार नौसय ५५ रुपैयाँ ठगेको आरोप प्रहरीले लगाएको छ ।

कास्की प्रहरीले उनीहरुविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।
 

ADV

सम्बन्धित खबर

Advertise