२०८२ वैशाख ९ गते मङ्गलवार / Apr 22 , 2025 , Tuesday
२०८२ वैशाख ९ गते मङ्गलवार
Ads

पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन पड्केर अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

draupadi film
मध्यान्ह
२०८१ फागुन ३ गते १४:१३
पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन पड्केर अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

काठमाडौँ : पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनको क्रममा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य घाइते भएका छन् । 

भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा पटका पड्काउने क्रममा एक्कासी बेलुनमा समेत आगो लागेर अर्थमन्त्री पौडेल र मेयर आचार्यको गालामा चोट लागेको छ ।

पटका पड्किएर बेलुन आएपछि आगो लागेको थियो । उनीहरू दुवैलाई उपचारका लागि अस्पताल लगिएको छ ।

पर्यटनमन्त्री बद्री पाण्डे र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा अहिले उद्घाटन कार्यक्रम भइरहेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise