२०८२ वैशाख ९ गते मङ्गलवार / Apr 22 , 2025 , Tuesday
२०८२ वैशाख ९ गते मङ्गलवार
Ads

स्थानीयको विरोधपछि कार्यालयको स्थानान्तरण रोकियो

draupadi film
मध्यान्ह
२०८१ फागुन ३ गते १७:१५
स्थानीयको विरोधपछि कार्यालयको स्थानान्तरण रोकियो

कपिलवस्तु : स्थानीयबासीले अवरोध गरेपछि मालपोत कार्यालयको स्थानान्तरण रोकिएको छ । 

मन्त्रिपरिषदको निर्णयअनुसार सदरमुकाम तौलिहवाबाट वाणगंगा सार्न लागिएको मालपोत कार्यालय स्थानीयको अवरोधपछि स्थानान्तरण कार्य रोकिएको हो ।

शनिबार वाणगंगा नगरपालिका क्षेत्रका मालपोत सम्बन्धी कागजपत्र तथा अन्य सामग्रीहरू वाणगंगा लैजाने तयारी गरिरहँदा स्थानीय उद्योगी व्यवसायी तथा सर्वसाधारणले मालपोत परिसरमा गई धर्ना तथा विरोध प्रदर्शन गरेका थिए । जबरजस्ती कार्यालय सार्न खोजे आफूहरू प्रतिकारमा उत्रिन बाध्य हुने उनीहरूले चेतावनी दिएका थिए ।

कार्यालय सार्न खोज्दा स्थानीयको अवरोध हुन थालेपछि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पनि स्थानीयको विरोधका बाबजुत बलजफ्ती कार्यालय तत्कालका लागि नसार्न निर्देशन दिए ।

स्थानीयको विरोधपछि सबैसँग सल्लाह गरेर सहमतिमै कार्यालयको शाखा कार्यालय लैजाने गरी तत्कालका लागि कार्यालय सार्ने काम रोकिएको मालपोत कार्यालय कपिलवस्तुका प्रमुख टीकाराम पौडेलले बताए ।

जिल्ला मालपोत कार्यालय तौलिहवाबाट १ जना शाखा अधिकृतसहित ४ जना मालपोत कर्मचारीहरू यसअघि नै वाणगंगा नगरपालिका बोर्डगाउँस्थित नयाँ मालपोत शाखा कार्यालयमा हाजिर भइसकेका छन् । 
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise