२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

५ फागुनदेखि चौथो चन्द्रपुर महोत्सव

hardik ivf
मध्यान्ह
२०८१ फागुन ३ गते १७:२४
५ फागुनदेखि चौथो चन्द्रपुर महोत्सव

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिकामा चौथो चन्द्रपुर महोत्सव हुने भएको छ । महोत्सव ५ फागुनदेखि १७ गतेसम्म हुनेछ ।

महोत्सवमा स्थानीय कृषि तथा लघु उत्पादन एवं व्यावसायिक प्रदर्शनी र बिक्री स्टल रहने छ । साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कलाकारहरूको सांस्कृतिक प्रस्तुति र खेल मनोरञ्जनका सामग्री बाल उद्यानसमेत रहने आयोजक चन्द्रपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटाले बताए । महोत्सवमा प्रवेशका लागि १०० रुपैयाँ तोकिएको छ । 

महोत्सवको मुख्य नारा ‘कृषि पर्यटन उद्योग ब्यापार, समृद्धिको मुख्य आधार’ तय गरिएको अध्यक्ष सापकोटाले बताए ।

मधेस प्रदेश सरकार उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको मुख्य सहयोग, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, नेपाल उद्योग वाणिज्य महासंघको सह–आयोजना तथा चन्द्रपुर उद्योग बाणिज्य संघको आयोजनामा महोत्सव हुन लागेको हो ।

९ फागुनमा गिनिज बुकमा रेकर्ड दर्ज गराउन सफल चर्चित जादुगर बलराम सरकार, १० फागुनमा गायिका रचना रिमाल, १३ फागुनमा गायिका÷ब्याटल प्रीति आले, १३ र १४ फागुनमा गायिका मञ्जु पौडेल, १६ फागुनमा गायक दुर्गेश थापा र  मोडल तथा नृत्यांगना रचना शिवाकोटीको प्रस्तुति हुनेछ ।


 

ADV

सम्बन्धित खबर

Advertise